सिष्नेपानी धाराको पानी खुवाउन डा. उपेन्द्र देवकोटालाई गोरखा लगियो



काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिएको छ । उनकै इच्छाअनुसार जन्मथलो लगिएको हो । हेलिकोप्टरबाट बोहोरा गाउँ पुर्‍याइने छ र पुर्खौली घरमा केहीबेर राखिनेछ ।

डा. देवकाटाले पुर्खौली घरको पीढिमा बस्ने र सिष्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेका थिए । त्यसअनुसार गोरखा लगेर केहीबेरमै फर्काइने डा. तारा अधिकारीले जानकारी दिए ।

पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको बाँसबासीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्