विमानस्थलको चर्चा



नेपालको एयरपोर्टका बारेमा संसार भर चर्चा हुने गरेको छ। त्यो चर्चा राम्रो होईन नराम्रोको विषयमा चर्चा हुनेको छ। विश्वकै झुरस्ट एयरपोर्टको ३ नम्वरमा रहन सफल भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा किन त्यस्तो रिपोर्ट आउने गरेको छ भन्ने विषय खोजी गर्ने क्रममा एउटा अद्भूत तथ्य धरहराले फेला पारेको छ।

बिमानस्थलमा बिमान आउने र जाने विषयमा जानकारी लिन त्यहाँ डिस्प्ले बोर्डको समेत व्यवस्था गरिएको छ। कुन बिमान कतिखेर आउछ र कतिखेर जान्छ। बिमानस्थलमा राखिएको डिस्प्ले बोर्डमा देखिएको एएटा दृष्यले भने धरहरालाई कुतकुती लगाइरहेको छ। बिमानस्थलमा राखिएको डिस्प्ले बोर्डमा रातिको १० बजेर ३९ मिनेट भएको घडीले संकेत गरिरहेको हुन्छ। त्यही बेला बिमान अवतरण गरेको समय पनि डिस्प्ले बोर्डमा देखिन्छ।

बिमान अवतरण भएको भनेर १० बजेर ४१ मिनेटको समय देखिन्छ तर डिस्प्ले बोर्डको घडीमा भने १० बजेर ३९ मिनेट मात्र गएको देखिन्छ। हैट २ मिनेट अगाडि नै बिमान अवतरण भएको देखेपछि धरहराले भन्यो खै के खै के ?

प्रतिक्रिया दिनुहोस्