क्युबेकमा जी–७ शिखर सम्मेलन शुरू: अमेरिकी आयात शुल्क वृद्धिलगायत मुद्दामा छलफल हुने



ट्रम्प सम्मेलनको बीचैमा सिंगापुर प्रस्थान गर्ने

क्युबेक, (एजेन्सी)
क्यानाडामा समूह–७ (जी–७)का नेताहरू हालैका वर्षमा अहिलेसम्मकै कठिन परिस्थितिमा शिखर वार्ताका लागि भेला भएका छन्। शिखर सम्मेलनअगाडि फ्रान्स र क्यानाडाका नेता र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच व्यापारमा लगाइएको भन्सार करलाई लिएर टीकाटिप्पणी शुरू भएको थियो। ट्रम्पले हालै मात्र स्टिल र आल्मुनियममा आयात शुल्क बढाएका थिए।

शुक्रबार हुने समूह–७ को शिखर सम्मेलनमा इरानसँगको परमाणु सम्झौता र जलवायु परिवर्तनमा पनि छलफल हुने अनुमान गरिएको छ। विश्वका प्रमुख आद्योगिक राष्ट्रहरूको संगठन जी–७ का सदस्य राष्ट्र क्यानाडा, अमेरिका, बेलायत, फ्रान्स, इटली, जापान र जर्मनीको बैठक शुक्रबार क्युबेकको ले मेलबे शहरमा आयोजना हुन गइरहेको छ।

विश्वको कुल सम्पत्तिको करिब ६० प्रतिशत हिस्सा ओगटेका ती देशका नेताहरूबीच वार्षिक शिखर बैठक हुँदै आइरहेको छ। यस सम्मेलनमा आर्थिक सम्झौता र चुनौतीहरूको चर्चा मुख्य मुद्दा हुने गर्छ तर हालैका वर्षमा यसमा विश्वमा देखिएका अन्य महत्वपूर्ण मुद्दामा पनि छलफल हुने गरेको छ।

शुक्रबारको बैठकअगाडि फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रों र अमेरिकी राष्ट्रपति ट्रम्पबीच तिखो टीकाटिप्पणी शुरू भएको छ। एक ट्विटमा म्याक्रोंले यदि ट्रम्प अलग्ग हुन चाहन्छ भने अन्य ७ देश मिले आफूबीच सम्झौता गर्नका लागि तयार रहेको उल्लेख गरेको छ। उनले भने– ‘किनभने ती ६ देश मूल्यको कुरा गरिरहेको छ। यसले त्यो बजारको प्रतिनिधित्व गरेको छ, जसको लामो इतिहास रहेको छ र अब यो वास्तविक अर्थमा अन्तर्राष्ट्रिय शक्ति बनिसकेको छ।’

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि ट्रम्पको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। हालैका दिनमा उत्तरी अमेरिकी मुक्त व्यापार सम्झौतामा वार्ता रोकिएपछि उनी रुष्ट भएको देखिएका छन्। उनले ट्रम्पले स्टिल र आल्मुनियममाथि थप शल्क लगाउनुलाई राष्ट्रिय सुरक्षासँग जोडिनुलाई हास्यास्पद भनेका छन्।

ट्रम्पले पनि एकपछि अर्को गर्दै टु«डोमाथि ‘आक्रोसित भएको’ र क्यानडा र युरोपेली युनियनमाथि वर्षौंसम्म आमेरिकाविरुद्ध अत्यधिक व्यापार शुल्क लगाउँदै आएको आरोप लगाएका छन्। उनले टु«डोमाथि बिना लाभको व्यापारका व्यवधान खडा गरेको पनि आरोप लगाएको छ। उनले लेखेका छन्– ‘आफूले लगाएका शुल्क तथ बाधाहरू हटाउनु वा हामी तपाईंको बराबरीको काम गर्न बाध्य हुनेछौं।’

बेलायतकी प्रधानमन्त्री टेरिजा मे पनि अर्को सम्झौता गर्न तयार देखिएकी छिन्। उनले अमेरिकाले लगाएको व्यापार शुल्कविरुद्ध युरोपेली संघले संयमतापूर्वक काम गर्न चाहको बताएकी छिन्। युरोपेली संघबाट बेलायत बाहिरिने अर्थात् बे्रक्जिटपछि विशेष व्यापार सम्झौता पनि उनको एजेन्डामा हुने अनुमान गरिएको छ।

क्युबेकमा के–के हुँदै छ?

ट्रम्प शुक्रबार सम्मेलनमा भाग लिएपछि शनिबार सिंगापुरका लागि प्रस्थान गर्नेछन्। त्यहाँ उनले उत्तर कोरियाली नेतासँग मंगलबार ऐतिहासिक शिखर वार्ता गर्नेछ।

यस वर्ष जी–७ समूहको नारा, सहभागिमूलक आर्थिक विकास, लैंगिक समानता र महिला सशक्तीकरण, विश्व शान्ति र सुरक्षा, भविष्यमा रोजगारी, जलवायु परिवर्तन तथा अन्तर्राष्ट्रिय जल क्षेत्र रहेको छ।

ट्रम्प सहभागीमूलक आर्थिक विकासको मुद्दामा छलफल गर्न शिखर सम्मेलनमा उपस्थित रहनेछ तर शनिबार हुने लैंगिक समानता र महिला सशक्तीकरण र जलवायु परिवर्तनमा हुने छलफलमा सहभागी हुने छैन।

गत वर्ष इटालीमा आयोजित जी–७ देशहरुको सम्मेलनमा पनि ट्रम्पले जलवायु परिवर्तनको मुद्दामा भएको छलफलमा भाग लिएको थिएन। हालैमात्र ट्रम्पले इरानसँग परमाणु सम्झौता रद्द गर्ने फैसला गरेका थिए। तर यस सम्झौतामा संलग्न अन्य देश यसको विरोधमा थिए। उनीहरू ट्रम्पको निर्णयप्रति असन्तुष्ट रहेका छन्।

विरोध प्रदर्शन

सम्मेलनअगाडि करिब ७ सय प्रदर्शनकारीले क्युबेकमा अमेरिका र अन्य देशविरुद्ध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले पुँजीवादविरुद्ध नारा लगाउदै एकीकृत मुक्त व्यापारको विरोध गरेका थिए। उनीहरुले यसबाट कयौं समुदायलाई नोक्सान पुगेको र धनीहरुलाई मात्र फाइदा पुगेको तथ्य अगाडि सारेका छन्।

यसको समर्थन गर्नेहरुले भने यसबाट रोजगारी सिर्जना भएको, श्रमको मूल्य बढेको र मूल्यमा कमी आएको बताएका छन्। क्युबेकमा भइरहेको यस सम्मेलनको सुरक्षा व्यवस्थाका लागि करिब ८ हजार सुरक्षाकर्मी तथा प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्