अमेरिकाप्रति सचेत



मस्को, (एजेन्सी)
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले युरोपेली देशहरुलाई वर्षौंअगाडि नै अमेरिकाले उसको नीति अरूमाथि लाद्ने खतराको अवगत गराएको बताए। अहिले उनीहरू आफ्नो भनाइलाई बेवास्ता गरेको मूल्य चुकाइरहेको उनले बताए। रुसी जनतासँगको प्रत्यक्ष टेलिफोन वार्तामा पुटिनले गत हप्ता स्टिल र आल्मुनियम आयातमा वासिङ्गटनले लगाएको थप शुल्क त्यसकै परिणाम भएको बताए। ४ घण्टा लामो जनतासँगको प्रत्यक्ष संवाद कार्यक्रममा आफूले सन् २००७ मा एक सम्बोधनमा अमेरिकाको अपवादवाद र अन्य राष्ट्रमाथि आफ्नो नियम लाद्ने खतराका बारेमा सचेत गराएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्