सभ्यताको डेब्यु



सभ्यता गिरीलाई डेब्यु गराइएको फिल्म यो माया कस्तो मायाको एक रोमान्टिक गीत सार्वजनिक गरिएको छ। एसकेएन सिनेमा प्रालिको ब्यानरमा निर्मित फिल्मको राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो।

गीतमा फिल्मका दुई मुख्य कलाकार दिवस धिताल र नवनायिका सभ्यता गिरीले रोमान्स गरेका छन्। अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतमा फिरोज बस्नेत र अन्जु पन्तको स्वर रहेको छ।
दिवस धिताल, सभ्यता गिरी, ऋतु पौडेल, युवराज केशरी, सुन्दर श्रेष्ठ, लय संग्रौला, सुमित डंगोल, तारा केसी, तुलसा शर्मा, शंकर महर्जन, सूर्यमान गुरुङ, महेश दाहाल, रोशन दाहाल, किरण राई, दीपेन बस्नेत, विकास पोखरेल, नितु कोइरालालगायत प्रमुख कलाकार रहेको फिल्ममा कलेज जीवनमा हुने माया प्रीतीदेखि परिभाषा नखुलेको मायालाई परिभाषित गरिएको छ। फिल्म भूषण आनन्द ठकुरीले निर्देशन गरेका छन्। किसान पोखरेलको प्रस्तुतिमा बनेको फिल्मको कथा ठकुरी आफैंले लेखेका छन्। फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, विक्रम लामा, एन्जिला खत्री र रामजी लामिछानेको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व, दिव्य सुवेदीको छायांकन र अर्जुन बीसीको सम्पादन रहेको छ।
प्रेम एक जनासँग र विवाह अर्कोसँग हुन्छ, प्रेम भएकासँग विवाह हुँदैन र विवाह भएकासँग प्रेम हुँदैन भन्ने विषयमा फिल्म बनाइएको निर्देशक ठकुरीले बताए। फिल्म काठमाडौं, दोलखा र दार्जीलिङमा खिचिएको छ।

प्रतिक्रिया दिनुहोस्