३८ केजी सुन तस्करी प्रकरण, अग्रवालको घरमा प्रहरीको छापा



काठमाडौं, (नेस)
३८ क्विन्टल सुन तस्करीका मुख्य योजनाकार मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले शुक्रबार छापा मारेको छ।

३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या योजनाका मुख्य योजनाकारसमेत मानिएका एमके भन्ने मोहन अग्रवालको घरमा छापा मार्दा प्रहरीले केही महवपूर्ण कागजातसमेत बरामद गरेको छ।

सो घटनाको छानविन गर्न गठित समितिले अग्रवालको घरमा ताला फोडेर छापा मारेको थियो। अग्रवाल भने सुनकाण्डका घटना बाहिर आउन थालेपछि घरमा ताला ठोकेर राजस्थानतर्फ भागेका थिए। उनले सञ्चालन गरेको र्याकेटको बारेमा समेत प्रहरीले छापा मारेर बरामद गरेको कागजात फेला परेको जनाइएको छ। प्रहरीले बरामद गरेको डकुमेन्टले केही महवपूर्ण सूचनासमेत छानविन समितिले फेला पारको छ।

सुन तस्करीमा संलग्न रहेका अन्य व्यक्तिका बारेमा समेत थप सूचना फेला परेको छापा मार्न गएका एक प्रहरी अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्