पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यात्रुहरुलाई सास्ती



कालीवहादुर मल्ल, कालिकोट।

कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक खण्ड अन्र्तगतको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा पहिरो आउँदा शुक्रबार बिहान ४ बजेदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

विगतदेखि नै पहिरो खस्ने गगने खोलामा शुक्रबार बिहान पहिरो आउँदा सडक अवरुद्ध भएको हो । कर्णाली राजमार्ग अवरुद्ध हुदाँ जुम्ला, कालिकोटबाट नेपालगंज र सुर्खेतका लागि छुटेका सवारी साधन तथा मालबाहक ट्रक बीच बाटोमा राकिनु साथै यात्रुहरुलाई सास्ती भएको छ ।

बिहानै आएको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको र राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक कार्यालयका कालिकोटका प्रमुख नन्दराम जैसीले बताए । उनका अनुसार गगने खोलामा बिहान ४ बजेतिर गएको पहिरोले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरोले सडक अवरुद्ध भएपछि स्काभेटर मार्फत सडक खुलाउने प्रयास भइरहेको छ ।

भारी वर्षाका कारण कर्णाली राजमार्ग अन्तर गतकै तिलागुफा नगरपालिका राचुलिमा पनि पहिराले सडक अवरुद्ध भएपछि सनिवार राति १० वजेवाट सडक अवरुद्ध भएको छ । सडक राचुलीमा सडक अवरुद्ध भएको जानकारी भएपछि खुलाउने प्रयास भइरहेको कालिकोटका प्रमुख जिल्ला अधिकार चन्द्रनाथ गौतमले वताए ।

प्रतिक्रिया दिनुहोस्