केही सडकमा धमाधम काम केहीमा भने उस्तै



धनवीर दाहाल, रुकुम ।

मध्यपहाडी लोकमार्ग अन्र्तगत रुकुम पुर्वको रुकुमकोटदेखी रुकुम पश्चिमको शितलपोखरी सम्मको ३३ किलोमिटर सडक खण्डलाई ग्राबिल र कालोपत्रे गर्ने कामले तिब्रता पाएको छ । गत असोज महिनामा सम्झौता भइ पौष महिनादेखी काम थालेको निर्माण कम्पनीले हाल सम्म ३० प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ ।

३६ महिनामा सडकलाई कालोपत्रे सहित सम्पन्न गरी सडक बिभागलाई हस्तानतरण गर्ने सम्झौता भएपनि सम्झौता भन्दा अघि नै काम सम्पन्न गर्ने निर्माणको जिम्मा पाएको कालिका कन्ट्रक्सनले जनाएको छ । सो सडक खण्ड अन्र्तगत निर्माण कम्पनीका सुपरभाइजर प्रकाश शाहीले ३६ महिना भनिएता पनि २ बर्षमा सक्ने लक्ष्यका साथ काम गरिरहेको बतााउनुभयो ।

शितलपोखरी, साँख, लगाएतका रुकुम पश्चिमको क्षेत्रमा ग्राबिल गर्ने काम भइसकेको छ भने रुकुम पुर्वको रुकुमकोट आसपासको क्षेत्र तथा किटनी, धौलापैरा लगाएतका ठाँउमा डबल कटिंगको काम भइरहेको छ । रुकुम पश्चिम र रुकुम पुर्वको आवात जावतको मुख्य सडक मानिएको यो सडक खण्डमा गाडी रोकेर भएपनि काम भइरहेको छ । ८.५० मिटरको सडक बन्ने भएकोले त्यही अनुसार काम भइरहेको इन्जिनियर नबिन बस्नेतले बताउनुभयो । तोकिएको समयमा सडक निर्माण कार्य सम्पन्न भए रुकुम पुर्व र रुकुम पश्चिमको यातायात संचालनमा सहज हुने छ । बर्षातको समयमा जोखिम मोलेर संचालन भइरहेका गाडीको लागी आगामी बर्षदेखी सजिलो हुने अपेक्षा गरिएको छ ।

झुल्नेटाको भासिएको सडक अझै निर्माण भएन

यता राप्ती लोकमार्ग अन्र्तगत रुकुम पश्चिमको झुल्नेटामा सडक भासिदा गाडी आवातजावत कठिनाई हुने गरेको छ । झुल्नेटा तथा यो सडक खण्डको बिभिन्न ठाँउमा सडक भासिएपछि समयमा गाडीहरु गन्त्व्यमा पुग्न धौ धौ भएको हो । रुकुमदेखी नेपालगंज सम्म ८ घण्टामा पुग्ने गरेका गाडीहरु १५ घण्टामा पनि मुस्कीलले पुग्ने गरेको गाडी चालकको दुखेसो छ । हरेक बर्ष बर्षायाम सुरु हुँदा यो सडकमा यात्रुहरुले सास्ती खेप्नु परिरहेको छ ।

यस्तै यहि सडक खण्डको पितिबांग खोलामा पुल नबन्दा बर्षातको समयमा जोखिमपुर्ण यात्रा हुने गरेको छ । कति मोटरसाइलहरु र साना गाडीहरु त यहि खोलाले बगाउने गरेको छ । हाल सम्म मानविय क्षति नभएपनि यातायातका साधन र मान सामानको क्षति भने हरेक बर्ष हुने गरेको छ । ठाँउ ठाँउमा भाषिएको सडक पुर्ननिमार्ण नहुँदा तथा सडक पुल नबन्दा जोखिम उठाएरै भएपनि यात्रा गर्नुपर्ने बाध्यता यात्रुको छ ।

प्रतिक्रिया दिनुहोस्