अस्तव्यस्त मूलपानी सडक, सडक हो कि धान रोप्ने खेत ?



मधुसूदन रायमाझी, काठमाडौं
मूलपानीको सडक हो कि धान रोप्ने खेत हो छुट्याउन मुस्किल पर्छ। वर्षाको समयमा मात्र होइन, हिउँदको समयमा पनि पानी जमेर हैरान हुने गरेको छ। वर्षा लागेपछि मूलपानी हुँदै साँखु जाने सडक पार गर्न निकै ठूलो संघर्ष गर्नुपर्छ। सरकारले सडक निर्माण गरे पनि उचित मर्मतसम्भार व्यवस्थापन गर्न नसक्दा विद्यालय हिँडेका विद्यार्थीदेखि सर्वसाधारण यात्रु जुत्ता चप्पल हालमा लिएर सडक पार गर्न बाध्य छन्।

सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारा अगाडि सारेपछि मूलपानीको यस सडकले सरकारको खिल्ली उडाइरहेको छ। दैनिक सयौं गाडी यसै सडकमार्फत ओहोर दोहोर गर्छन्। सर्वसाधारण यात्रु पनि यसै सडक हुँदै हिलाम्मे भएर यात्रा गर्न बाध्य छन्। साना गाडी र मोटरसाइकल चालक निकै सास्तीका साथ आवतजावत गर्ने गरेका छन्। मूलपानी पीपलबोट चौर हुँदै साँखु जोड्ने करिब ६ किलोमिटर सडकमा ठूलाठूला खाल्डाखुल्डी परेका छन्। यी खाल्डामा दैनिकरूपमा साना सवारी चालक र सर्वसाधारण डुब्ने गरेका छन्।

मूलपानीका स्थानीय हरि अधिकारी सरकारको समृद्धि देखेर तीनछक परेको बताउनुहुन्छ। उहाँले भन्नुभयो– ‘सडक त बन्यो तर मान्छे फस्ने खाल्डो मात्र भयो, सरकारले वर्षा लागेपछि केही टिप माटो ल्याएर हाल्छ, झन् हिलो भएर सडकमा हिँड्नै नहुने भयो।’ गतवर्ष वर्षा लागेपछि झारो टार्नका लागि सरकारले ठाउँठाउँमा माटो ल्याएर हालेको थियो।

पानीको उचित निकास नहुँदा र सडक छेउका घरधनी स्वयंले सडकमा पानी हालिदिँदा यस सडक अस्तव्यस्त बन्दै आएको मात्र नभई ज्यानै जाने अवस्थासमेत सृजना भएको स्थानीय पदम राईले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘सरकार गफ मात्र गर्छ, घरछेउका स्थानीय पनि निकै मिचाहा छन्, पानी हालेर बहादुरी देखाउँछन्, सरकार समृद्धिको भाषण दिएर रमिता हेर्छ।’
कार्यालय जाँदा होस् वा आउँदा हिलाम्य भएर आउने÷जाने गरेको बताउँदै उहाँले थप्नुभयो– ‘सडक बनाउन बजेट आएको पनि सुनिन्छ तर कसको गोजी भरिन्छ थाहा छैन, हामीलाई भने दैनिक रूपमा हिँडडुल गर्न नै मुस्किल भइसक्यो लौन सरकार यो सडकको ममर्त गरिदिनुप¥यो।’

केही वर्षयता राजधानी काठमाडौंबासी पहिचान हिजो र धूलोमा परिणत हुँदै आएको छ। सडकको अवस्था नाजुक हुँदा पानी पर्दा हिलो र घाम लाग्दा धूलोका कारण राजधानीको जनजीवन निकै अत्यासलाग्दो बन्दै आएको छ। राजधानी काठमाडौंका अधिकांश सडक अव्यवस्थित छन्। सडक कालोपत्रे भए पनि सडकमा अत्यधिकरूपमा धूलो उड्ने गरेको छ।

सडक दायाँबायाँबाट सडकमा प्रवेश गर्ने सवारी साधनले ल्याउने माटोको कारण सडक अस्तव्यस्त बन्न पुगेको छ। कच्ची सडकमा वर्षाको समय पार गर्न ठूलै युद्ध जितकोजस्तो भान सर्वसाधारणले गर्दै आएका छन्।मूलपानीको पीपलबोटदेखि मूलपानी चौर हुँदै ब्र≈मखेल जोड्ने सडकमा दैनिकरूपमा सयौं सवारीसाधन ओहोरदोहोर गर्छन्। सवारी आवातजावतको चापका कारण सडकमा ठूलठूला खाल्डाखुल्डी पर्ने गरेको छ, जुन सडकमा सर्वसाधारण यात्रु हिँड्ने ठाउँसमेत छैन। यस सडक निर्माणका लागि धेरै वर्षदेखि चर्चा चले पनि सडक निर्माणको कामले गति लिन सकेको छैन।

स्थानीय तहमा जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको पनि एक वर्ष पूरा भइसकेको छ। निर्वाचनका क्रममा जनप्रतिनिधिले सबैभन्दा चर्को स्वरमा गरेको भाषण थियो– नगरपालिकाभित्रका मुख्य–मुख्य सडक कालोपत्रे गर्छौं। तर एक वर्ष बितिसक्दा समेत जनप्रतिनिधिले कालोपत्रे टाढै जाओस् यात्रुलाई सहज रूपमा आवतजावत गर्ने गरी खाल्डाखुल्डी पुर्ने जाँगरसमेत देखाउन सकेका छैनन्।पेप्सीकोलादेखि मूलपानी पीपलबोटसम्मको सडक एक वर्षअघि कालोपत्रे भए पनि ठाउँठाउँमा भत्किन शुरू गरिसकेको छ। पीपलबोट मूलपानी चौर हुँदै साँखु जोड्ने सडकको अवस्था भने बेहाल नै छ।

मूलपानी पीपलबोटदेखि मूलपानी चौर हुँदै ब्र≈मखेलसम्मको करिब पाँच किलोमिटर सडक कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भइसककेको कागेश्वरी मनहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले नेपाल समाचारपत्रलाई बताउनुभयो।
सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भइसकेको सडकमा मर्मत गर्न नमिल्ने बताउँदै उहाँले आगामी दुई वर्षभित्र सडक बन्ने बताउनुभयो। सर्वसाधारण नै हिँड्न मुस्किल छ नगरपालिकाले मर्मत त गर्न मिल्छ होला नि भन्ने जिज्ञाशामा उहाँले थप्नुभयो– ‘ठेक्का सम्झौता भएको सडकमा हामीले बजेट विनियोजन गर्न मिल्दैन, यस सडक मात्र होइन अन्य सडकमा पनि ग्राबेल गर्न टेन्डर गर्ने प्रक्रियामा छौं।’ वर्षा लागिसक्दा पनि नगरपालिका भने भर्खर सडक मर्मत गर्ने सुरसारमा रहेको छ।गत कात्तिकमा करिब ५ किलोमिटर सडक कालोपत्रे गर्न सडक विभागले ठेक्का बोलपत्र आ≈वान गरेको थियो।

विभागले उक्त सडक निर्माणका लागि ३० करोडको लागत लाग्ने विवरणसहितको सूचना प्रकाशित गरेको थियो। तर ९ महिनापछि एक ठेकेदार कम्पनीले १९ करोडमा ठेक्का सम्झौता गरेको बताइएको छ। ठेकेदार कम्पनीले दुई वर्षको समय पाएको छ।

सडक निर्माण गर्ने ठेक्का सम्झौता गरे पनि ठेकेदार कम्पनीले काम अगाडि बढाएको छैन। यसै वर्ष निर्माण गरेर सञ्चालनमा ल्याउने उद्देश्यका साथ विभागले ठेक्का आ≈वान गरे पनि आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहँदा ठेक्का सम्झौता भएको छ।

प्रतिक्रिया दिनुहोस्