नगरपालिकामै कुवाको पानी थाप्न घण्टौं लाईन



सिर्जना पन्त, बागलुङ ।
बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारबाट आदा घण्टाको दुरीमा रहेको भिरलाङखुरीका स्थानियको दिन र रात पानीको लाईन बसरै वित्ने गरेको छ । जिल्ला सदरमुकामको नजिक भएर पनि यहाँका स्थानियहरु रात र दिन गरेर दैनिक २२ घण्टा कुवाको पानीमा लाईन बस्न बाध्य छन् । बागलुङ नगरपालिका वडा नम्बर–६ मा पर्ने यस स्थानका १ सय ८६ घरधुरीका बासिन्दाहरुले पीउने पानीको अभावमा वर्षाै देखि सास्ती खेप्दै आएका छन् ।

प्रत्येक घरका एकजना सदस्य पानीको लाईन बस्नकै लागि खटिनु पर्ने यहाँको बाध्यता छ । स्थानिय रुद्र केसीका अनुसार कुवा र मुलको पानी एक घण्टामा २० लिटरमात्र भर्न सकिन्छ । नगरपालिका भित्रका बासिन्दा भएर पनि घण्टौं लाईन बसेर कुवाको पानी पिउनु पर्ने बाध्यता छ केसीले भने विहान २ बजेदेखि उठेर रातको १२ बजेसम्म लाईनमा बस्नुपर्ने बाध्यता छ ।

हामिलाई खानेपानीको अत्याधिक समस्या छ, गाउँमा आउँने सबैलाई समस्या सुनाएका छौं समधान गर्छाै पनि भन्नुहुन्छ तर अझ सम्म समधान भएको छैन स्थानिय रन्जिता सुवेदीले बताईन । पानीको लाइन बस्दा कहिलै अरु काम समयमा गर्न नसकेको उनको गुनासो छ । छोराछोरी समयमा स्कुल पठाउन सकिदैन, समयमा खान बनाउँन मेलापात जान सबै काम पानीको लाइन बस्दा बस्दै भलाईदैन सुवेदिले भनिन् ।

बानपा–६ का वडाध्यक्ष खेमराज सापकोटाले गाउँका जनतालाई पानीको निकै समस्या भएकाले समाधानको प्रयास भइरहेको बताए । ‘पानीको समस्याबारे हामी गम्भीर छांै, जनप्रतिनिधिका रूपमा हामी आइसकेपछि एक घर एक धारा अभियान सञ्चालन गरेर काम गरिरहेका छौं’, उनले भने, ‘यो समस्या तत्कालै नहटे पनि समस्या घटाउने गरी काम जारी छ ।’ अहिले स्थानीय जनसहभागितामा धारा जडान गरेर पाइप बिच्छ्याउने काम भइरहेको उनले बताए ।
कुवाको पानीले समस्या भएपछि गाउँ नजिकैको मौरीभीरको पानीसमेत ल्याइएको छ । जनसंख्याको चाप बढेकाले यसले पनि समस्या समाधान नभएको अध्यक्ष सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्