पहिला देश अनि विदेश



सार्वजनिक पद धारण गरेका व्यक्ति, सांसद, मन्त्री र उपल्लो तहमा पुग्नेहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ । सोहीअनुसार सांसद, मन्त्री, प्रधानमन्त्रीले सम्पत्ति विवरण सार्वजनिक ग¥या खबर बेला मौकामा सुन्न पाइन्छ । तर उनीहरूको सम्पत्ति विवरण पत्याउनै गाह्रो, श्रीमान् (मन्त्री, प्रधानमन्त्री) सामान्य उनका श्रीमती अचाक्ली धनी ।

यस्तै देखियो, सुनियो केही समयअघि सार्वजनिक भएको मन्त्री र प्रधानमन्त्रीको सम्पत्ति विवरण । प्रधानमन्त्री ओलीकै कुरा गरांै, उनी एक पटक गृह, अर्को पटक उप–प्रधान एवं परराष्ट्र र दुई पटक प्रधानमन्त्री बनेका छन् । राजनीतिबाहेक अन्यत्र उनी कुनै जागिर वा व्यापारमा जोडिएको कसैलाई थाहा छैन । हरेक पटक सार्वजनिक भएको उनको सम्पत्ति विवरण घट्या छैन, श्रीमतीका नाममा होस् या आफ्नै नाममा बढ्या बढ्यै छ ।

उनी मात्रै होइन, साइकलमन्त्री भनेर कहलिएका मन्त्री पण्डितको सम्पत्तिले पनि ठूलै फड्को मा¥या छ । गत चुनावमा उनलाई खर्च जुटाउन हम्मे–हम्मे भएको चर्चा थियो । महासेठ थरका अर्का मन्त्री पनि धन सम्पत्तिमा निकै अब्बल । आफ्नो थर जस्तै सम्पत्तिका सेठ छन् उनी । पर्यटनमन्त्री अधिकारी, रक्षामन्त्री पोखरेल, अर्थमन्त्री खतिवडालगायत सम्पत्तिमा अब्बल छन् । धरहरा विदेशिने युवालाई सुझाव दिन्छ, धन कमाउन राजनीति गरांै, पहिला देशमै कमाऔं अनि विदेश घुमौं । सरकारले अघि सारेको नारा सफल पारांै ।

प्रतिक्रिया दिनुहोस्