श्रीमतीको गहना धरौटीमा राखेर ६ किलोमिटर सडक निर्माण, सरकार मौन



ललित सिहं, बझाङ ।

जिल्लाको तलकोट गाउपालिका अन्तरगर्तको रुपातोला तलकोट खौला सडक खण्ड निमार्ण कार्य गर्दा आफ्रनी श्रीमतीको नाक र कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानियले सडक कटान गरी गाडी गुडाएका छन् ।

बिगत २०६० सालमा सो क्षेत्रका तलकोटी राजा (रजवार) नारायण सिंहले सो सडक खण्डको परिकल्पना गरी २०६५ साल देखि सडक निमाण कार्य सुरु भएको हो । सुरुवाती सडक निमाण कार्य गर्दा ७ तोला सुन बैकंमा धरौटी राखी रजवार नारायण सिंहको नेतृत्वमा निमार्ण कार्य सुरु गरेको स्थानीइहरुको भनाई छ ।

कुनै दिनमा चैनपुरबाट भारी बोकेर दैनिकी चलाई खाख्न एकमै गाह्रो हुन्थ्यो । अहिले रोड आउदाँ गाउँका सर्ब साधारण गरिब जनता घरमै सस्तो मुल्यमा चामल पाएर केहि राहत भएको बताए ।

 श्रीमतीको नाक कानमा लगाएको सुन बैकमा धरौटी राखी निमार्ण गरीएको रुपातोला तलकोट खौला सडक खण्ड अन्र्तरगतको सेती नदीमा काठे पुल जस्मा काठेपुलकै माध्यमबाट स्थानीयलाई आवतजावत गर्न सहज भएको छ ।

सडक निमार्ण गर्दा धेरै दुः ख पायौ जस्मा ७ तोला सून बैकमा राखी डोजरको सम्झौता गरेका थिायौ । अहिले बिभिन्न निकार्यबाट करिब २९ लाख रुपैया समितिमा आएको छ । जस्मा डोजर मालिकलाई दिनु , लगायत साहुहरुबाट ३ रुपैयाका दरले ब्याज पैसा रिण निकालेर अहिल ३४ लाख रुपैयाको भरपाई बनाएको रुपातोलाःतलकोट खौला सडक खण्ड निमार्ण समितिका सचिब रघुबिर सिंहले बताए ।

सरकारले गर्न नसक्ने काम एक ब्यक्तिले गरेर सबै जनतालाई यातायातको सुबिधा दिनु भएको मा धन्यवाद र घर घडेरी धरौटी राखी सडक निमार्ण गरेको छ । अहिले सम्पूर्ण जनतालाई सहज भएको मा यस समितिलाई बधाई छ ।

सुरुवातीमा आफ्रनो आफ्रनो सम्पतीगरी २० लाख जम्मा भयो । स्थानीय तहबाट सबै गरी १८ लाख सहयोग दियो अहिले सम्म उद्धारो ४३ लाख तिर्न बाकी छ । बल्लबलल अहिले धेरै पछि सफलताको एक बिन्दुमा सफल भएका छौ । अहिले यस क्षेत्रका जनताहरुले यसै बाटोबाट सेवा सुबिधा लिएको तलकोटी राजा (रजवार) नारायण सिहंले बताउनु भयो ।

कुनै पनि योजना सफल गर्नका लागी योजनाको यथार्थ बजेट नहुँदा समितिका दाजुभाईले दुःख पाएका छन् । अरु जनता बाटोमा हिडेका छन् जनतालाई सुख छ ।

जनताका लागी दुःख गर्नु राम्रो हो तर आफ्रनै घरबार बिजोग हुने गरी काम गर्नुमा धेरै खतरा मोलेर काम गरेकोमा समितिलाई धन्यबाद ।

जिल्लामा सडक निमार्ण कार्य धमाधम सरकारी लगानीमा भैरहेका छन् भर्ने तर यस क्षेत्रका स्थानीयहरुले केहि बर्ष अगाडी सुन धरौटी राखी र एक ब्यक्ती बराबर एक लाख देखि चार लाख सम्म ब्यक्ति गत लगानी गरेर ६ किलोमिटर सड्क निमार्ण गरेका छन् ।

अहिले सम्म ६४ लाख रुपौया रुपातोला देखि तलकोट खौला सडक सण्डमा खर्च गरेर निमाण गरेका छन् । यस क्षेत्रमा पनि सरकारले गर्ने काम स्थानीय जनताले गरेका छन् । जनताका समस्या लाई मध्येनजर गरी सरकारको अनुभुती पाउन् ।

 

प्रतिक्रिया दिनुहोस्