पर्सामा प्रकृतिको निर्वाध दोहन



कृष्णउदास खनाल, वीरगन्ज ।
पर्साको ठोरी गाँउपालिका वडा नम्बर ३ स्थित बखरी खोलामा अनाधिकृत रुपमा गिट्टी र बालुवाको उत्खनन् भइरहेको छ ।

जिल्लामा निर्माणधिन हुलाकी सडकको ठेक्का पाएको बानिया निर्माण सेवा कम्पनीले सो खोलबाट गिट्टी र बालुवाको उत्खनन् गरिरहेको हो । हुलाकी सडक अन्तर्गत पर्साको जीराभवानी गााउपालिाकाको सेढवा देखि ठोरी गाउपालिाकाको चौतार सम्मको ३० किलो मिटर सडक काला पत्रे गर्ने ठेक्का लिएको बानिया निर्माण सेवा कम्पनीले जिल्ला समन्वय समितिबाट अनुमति नै नलिइ उत्खनन् गरिरहेका स्थानीयले जनाएका छन् ।

जिल्ला समन्वय समितिबाट अनुमति लिएपनि प्राकृतिक स्रोत साधन वा आधुनिक मेशिन प्रयोग गरी उत्खनन् गर्न नपाइने नियम भएपनि यसको उल्लंघन गरिएो छ । यद्यपी कम्पनीले खोलामा दुइ वटा स्काभेटर र टिपर प्रयोग गरी उत्खनन् गरिरहेको छ ।

उत्खनन गरिएका बालुवा तथा गिट्टी लोड गरेर ब्रम्हनगरमा लगेर भण्डारण गर्ने गरेको पाइएको छ । गत शनिवार देखि बानिया निर्माण सेवा कम्पनीले ओडार खोलाबाट दिनहु करिब दुइ सय टिपर गिटटी बालुवा उत्खनन् गर्दै आएको स्थानीय शिक्षक ओमप्रकाश चौधरीले बताए तर, पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले भने ओडार खोलाबाट गैर कानूनी रुपमा गिट्टी बालुवाको उत्खनन् र ओसार पसार भइरहेको विषयमा आफुलाइ अहिले सम्म कुनै जानकारी नभएको बताए ।

खोलाको उत्खन् नरोकिदा आफूहरु मारमा परेको स्थानीयले गुनासो गरेका छन् । प्रत्येक बर्ष आएका बाढीका कारण खोलाको सतह माथि आएका र बाढी गाउमा पस्ने गरेका स्थानीयले गुनासो गरेका छन् । ठेक्काको जिम्मा लिएको बानियाँ निर्माण सेवाका कर्मचारीले भने निर्माण सामग्री अभावका कारण आफूहरुले प्रशासनसंग अनुमति लिएर नै बालुवा र गिट्टी निकालेको जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्