सरकारी निर्णयको विरोध गर्दै लगानी कर्ताहरूले गरे स्टक एक्स्चेन्जको कार्यालयमा प्रदर्शन



नेपाल समाचारपत्र, काठमाडौँ ।
सरकारले हकप्रद र बोनश शेयमा पनि आय कर लगाउने निर्णय गरेसँगै गत आइतबार ३४ अंकले ह्रास भएको नेप्से परिसूचक सोमबार भने सम्हालिएर कारोबार भएको थियो । तर मंगलबार भने शेयर कारोबार नै ठप्प भएको छ ।  सोमबार पनि बजार बन्दहुने समयसम्म पाँच अंकको ह्रास भइ १२ सय ६८ अंक कायम रहेको थियो ।

हकप्रद र बोनश शेयर लगाएको लाभकर फिर्ता लिन दबाब दिन शेयर लगानीकर्ताहरूले सोमबार कारोबार नगर्नको लागि समेत लगानीकर्ताहरूलाई अपिल गरे। तर लगानीकर्ताहरूको अपिल विपरित यसदिन १५७ कम्पनीका ४२ करोड ४४ लाख रुपैयाँको कारोबार भएको थियो । लगानीकर्ताहरूका तीन संस्थाका प्रतिनिधिहरू अर्थमन्त्रीलाई भेट्न अर्थमन्त्रालय पुगेता पनि मन्त्रीलाई भेट्न भने उनीहरुले नपाएपछि सहसचिव मुकुन्दप्रसाद पौडेललाई आफ्ना कुरा राखेर फर्किएका थिए।

साथै लगानीकर्ताहरूले नेपाल स्टक एक्स्चेन्जको कार्यलयमा समेत सोमबार र आज मंगबार पनि प्रदर्शन जारी गरेका छन्। उनीहरुले बहुमतको सरकार करै करको उपहार भन्दै नेपाल स्टक एक्स्चेन्जको कार्यालय अगाडी विरोध प्रदर्शन गरेका छन् ।

तस्विरः मोनिका मल्ल, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्