प्रस्तावित नयाँ मन्त्रालय



वर्तमान सरकारले छिट्टै छलाङ मार्लाजस्तो बलियो संकेत देखिन थाल्या छ है। मन्त्रीहरू अनुगमन र निरीक्षणका मामलमा एकसे एक छन्। गृहमन्त्री थापालाई कारागार र प्रहरी विटको अनुगमनले मात्रै चित्त बुझेनछ क्यार सडकमा सवारी प्रदूषण गर्नसमेत थाल्या छन्। अनुगमनमा अर्का फरवार्ड मिनिस्टर छन् पर्यटन मन्त्री अधिकारी।

कहिले पूर्वको विमानस्थल उद्घाटन भन्या छ, कहिले पश्चिमको, कहिले विमानस्थलका लागि जग्गा खोज्न। अधिकारीको सक्रियता धेरै बढेर हो क्यार उनकै छिमेकी जिल्ला र अन्यत्रका विमानस्थलमा विमान अवतरण हुन छोड्या खबर पनि धमाधम आइरहेका छन्। मन्त्री सक्रिय बन्नु र विमान उड्न छोड्नु कतै ‘प्रतिगामी तŒव’को चलखेल त हैन?

अरू मन्त्रीहरु पनि के कम। रक्षामन्त्री सेनाको प्रशिक्षण केन्द्रमा पुग्या खबर सुनिन्छ भने कृषि मन्त्री तरकारी बजारमा, आपूर्ति मन्त्री आयल हो कि घायल निगममा, श्रम मन्त्री मेनपावरमा, स्वास्थ्य मन्त्री अस्पतालमा, …स्मरण गरिसाध्ये छैन। सिँचाइ मन्त्रीले नहर र सिँचाइ परियोजनाको अनुगमन ग¥या खबरचाहिँ धरहराले सुनेन, वर्षा शुरू नभएर नहरहरुमा पर्याप्त पानी नभएर पो हो कि?

तर अधिकांश मन्त्रीहरुलाई भ्याई नभ्याई छ। मुलुकमा छुट्टै ‘अनुगमन, उद्घाटन तथा शिल्यान्यास मन्त्रालय’ भएको भए धेरै मन्त्रीहरुलाई सास्ती त हुन्नथ्यो। प्रधानमन्त्री ओलीलाई सल्लाहकारहरूले यस्तो सुझाव दिन ढिला नगरे हुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्