ग्रान्डी अस्पतालमा सघन उपचारका नर्सलाई प्रशिक्षण



टोखास्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा सघन उपचारका नर्सका लागि सञ्चालित प्रशिक्षण सम्पन्न भएको छ। चरणबद्धरूपमा सञ्चालन भएको ३ महिना लामो प्रशिक्षणमा विभिन्न अस्पतालबाट सहभागी नर्सले सघन उपचार नर्सका रूपमा प्रमाणपत्र प्राप्त गरेका छन्।

ग्रान्डी अस्पतालका नर्सिङ निर्देशक एलडी महर्जनले एक समारोहका बीच प्रशिक्षित नर्सहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तालिमपछि प्रमाणपत्र ग्रहण गर्नुहुने क्रिटिकल केयर नर्सहरूलाई बधाई तथा शुभकामना दिनुभएको थियो।

ग्रान्डी अस्पतालका नर्सिङ उपनिर्देशक तथा नेपाल क्रिटिकल केयर नर्सिङ एसोसिएसनकी एक्रिडेसन बोर्ड सदस्य लक्ष्मी केसीले स्वागत मन्तव्यका क्रममा तालिम सकेर प्रमाणपत्र पाएका नर्सले स्तरीय सघन उपचार सुनिश्चित गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो।

देशभर सघन उपचारका नर्सका लागि यस किसिमको प्रशिक्षण अपरिहार्य रहेको भन्दै उहाँले ग्रान्डी अस्पताल तथा क्रिटिकल केयर नर्सेज एसोसियसन अफ नेपालले नेपालमा नै पहिलो पटक शुरू गरेको यो तालिम कार्यक्रम अत्यन्त अनुकरण्ीाय रहेको जिकीर गर्नुभयो।त्यसैगरी क्रिटिकल केयर नर्सेज एसोसिएसन अफ नेपालकी उपाध्यक्ष विमला श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै देशभरका सघन उपचारकक्षमा स्तरीय सघन उपचार नर्सिङ सेवा उपलब्ध गराउनका लागि यो तालिम कार्यक्रम शुरू गरिएको जानकारी दिनुभयो।

देशभरका विभिन्न अस्पतालमा रहेका ४ सय ५० वटा आईसीयु बेडमा नै स्तरीय सेवा पु¥याउन अस्पतालमा कार्यरत सघन उपचार नर्सलाई दक्षता अभिवृद्धि गर्न यस किसिमको तालिमको आवश्यकता महसुस गरी गत वर्षबाट यो कार्यक्रम शुरू गरिएको उहाँले जानकारी गराउनुभयो। यसका लागि ग्रान्डी अस्पतालबाट पाएको साथ र सहयोग महत््त््वपूर्ण रहेको भन्दै आभारसमेत व्यक्त गर्नुभएको छ।

नेपालमा क्रिटिकल केयरलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसनसँगको सहकार्यमा सञ्चालित तालिममा विभिन्न चरणका छनोट परीक्षा उत्तीर्ण गरेर आएका २६ जना नर्सको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्