सुशान्त मिस्टर काठमाडौं



सुशान्तकाजी श्रेष्ठले मिस्टर काठमाडौं २०१८ को उपाधि जितेका छन्। उनले काठमाडांैको सबैभन्दा ठूलो एक समस्या के हो? भन्ने लक्ष्मण सुवेदीले सोधेको प्रश्नको सटिक जवाफ दिएर उपाधि जितेका हुन्।

बिहीबार कमल पोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजित प्रतियोगितामा प्रज्ज्वल खड्का फस्ट, सविन थापा मगर सेकेन्ड र राज रिजाल थर्ड रनर्सअप भएका थिए। रिजाल टिन आइकनसमेत भएका छन्।

एक्सपोज नेपालद्वारा आयोजित प्रतियोगितामा सेरप ग्ल्याबो लामा बेस्ट फोटोजेनिक, आर्यन खड्गी फेसबुक भोटिङ, कृष्ण श्रेष्ठ एसएमएस भोटिङ, नयन शाही मस्ट ≈यान्डसम, तुगेन श्रेष्ठ ट्यालेन्ट एन्ड पब्लिक च्वाइस अवार्ड, योगेख खड्का डिसिप्लिन र सौरभमान भण्डारी बेस्ट मोडल उपउपाधिका विजेता भए।

पत्रकार तथा चलचित्र निर्देशक लक्ष्मण सुवेदी, कलाकार सुशील पोखरेल, डान्स कोरियोग्राफर महेश केसी, इभेन्ट आयोजक मनिषा डंगोल श्रेष्ठ, पूर्वमिस्टर नेपाल सुरज चिलवाल निर्णायक तथा मुना कार्की निर्णायक तथा दिक्पाल कार्की र अक्षयजंग रायमाझीको कोरियोग्राफी रहेको कार्यक्रम गीत संगीतको प्रस्तुतिसँगै अगाडि बढेको थियो।

प्रतिक्रिया दिनुहोस्