चामल, दाल, तेल उद्योगको भविष्य अन्योल



काठमाडौं, (नेस)
आव २०७५÷७६ को बजेटमा आर्थिक समृद्धिमा जोड दिई स्वदेशी उद्योग संरक्षण गर्ने प्रतिवद्धता जाहेर गरेको भए पनि दैनिक उपभोग्य खाद्य वस्तु कृषिमा आधारित स्वदेशी उद्योगमा नकारात्मक असर पर्न गई मूल्य वृिद्ध हुनसक्ने नेपाल चामल दाल तेल उद्योग संघले जनाएको छ।

बजेटले स्वदेशी उद्योगलाई आत्मनिर्भर र आधारभूत संरक्षण हुने नभई भएका उद्योग पनि धारासयी गर्ने भन्दै कृषिमा आधारित उद्योगको भविष्य अन्योल भएको संघको धारणा छ। संघका अनुसार विगतमा तोरी तेलमा ४० प्रतिशत मूल्य अभिवृद्धि कर छुट दिँदै आएकोमा नयाँ बजेट सो सुविधा हटाएको र तोरीको गेडा आयातमा समेत ४०० प्रतिशत भन्सार महसुल बढाएको हुँदा तेल प्रतिलिटर सरदर १५ मूल्यवृद्धि हुने। तोरीमा भारत आत्मनिर्भर मुलुक हो भारतमा तोरी तेल र सबै तेलमा ५ प्रतिशत मात्रै जीएसटी छ। यस कारणले अनधिकृत रूपमा तोरीतेल भित्रिने सम्भावना अत्यन्तै धेरै भएको छ। यसले गर्दा राजस्व गुम्ने सम्भावना रहेको संघले जनाएको छ।

यसैगरी दाल तथा गेडागुडी अप्रंशोधित दाल तथा गेडागुडीमा भन्सार महशुल सय प्रतिशत बढाइएकाले दाल उद्योगलाई प्रत्यक्ष असर पर्ने जनाइएको छ। तयारी दाल र कच्चा पदार्थमा समान दर भएको कारण तयारी दाल आयात गर्ने परिपाटीको सिर्जना भई आयातले मात्र प्रोत्साहन पाउने संघको बुझाइ छ। चामलमा पनि आयातमा १५ प्रतिशत भन्सार महशुल लगाईदिँदा स्वदेशी उद्योगलाई राहत मिल्ने थियो तरसो नहँुदा चामल उद्यमी निराश भएको भनिएको छ। बन्द भएका चामल मिल सञ्चालन ल्याउने सन्दर्भमा सरकार मौन रहेको संघले जनाएको।

प्रतिक्रिया दिनुहोस्