‘?’



नेपालका पार्टीका नाम अनेकथरी छन्। हेर्दा, सुन्दा, पढ्दा आश्चर्य लाग्छ। ठूलै तामझाम र तयारीका साथ २ साता अघि नेपाल कम्युनिस्ट पार्टी घोषणा भयो। बुधबार साँझसम्म सो पार्टीको नाममुनि ‘अन्डरलाइन’ राखिएको थियो, बिहीबार बिहान त ‘अन्डरलाइन’ हटेको खबर सुनियो।

नाममा ‘ब्राकेट’ पो थपिएछ। अर्थात् अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रे। दायाँ र बायाँको ब्राकेट संकेत एकतिर ओली अर्कोतिर प्रचण्ड भन्न खोज्या पो हो कि ? हुन त पार्टीका यस्ता संकेत र नाम नेपालीका लागि नयाँ होइनन्, कुनै बेला मसाल अनेक थरी थिए।

मसाल बुझ्न पनि अनेक आइडिया लगाउनुपथ्र्यो। राजनीतिमा चासो राख्नेहरुले मोटो ‘श’, पातलो ‘स’, पेटचिरिएको ‘ष’, घोक्दा–घोक्दा पार्टीको अस्थित्व खोज्न दिउँसै टर्च लाइट बाल्नुपर्ने भाथ्यो। काँक्रोलाई चिरा–चिरा पारेझैं कम्युनिस्ट पार्टी चिरिएका उदाहरण मुलुकभित्रै पर्याप्त छन्। कतिपय दलका नेता बैकुण्ठबास भएपछि पार्टी पनि बैकुण्ठ गएका छन्। कांग्रेसमा पनि राष्ट्रवादी, बीपीवादी, गान्धीवादी अनेक वादी थिए, अहिले पनि आक्कलझुक्कल त्यस्ता दलका नाम सुनिन्छन्।

राप्रपाको उही छ हाल। सानो मुलुक भएर के गर्ने, दल धेरै भएपछि नाम, संकेत, चि≈न थाहा पाउन पनि गाह्रो। दुर्लभ दलहरुको नामको पछि प्रश्नवाचक चि≈न ‘?’ राखे कसो होला, धरहराको सुझाव। यस्तो चि≈न तत्काल (नेकपा)ले चाहिँ रोज्दैन कि !

प्रतिक्रिया दिनुहोस्