अदालतमै नापियो अभियुक्तको लिंग



बलात्कार, हत्या, चोरी आदिजस्ता अभियोग लागेका अभियुक्तहरुको अदालतमा बयान लिइन्छ । अदालतमा बयान लिने क्रममा अभियुक्तसँग सोधपुछ र केरकार त गरेको समाचार तपाईहरु सबैलाई अवगत नै छ । तर उता न्युजिल्याण्डमा चाहीँ बलात्कारका अभियुक्तको अदालतमै लिंग नापिएको छ ।

बलात्कारको अभियोगमा अदालतमा उपस्थित गराइएका एक पुरुषको मंगलबार अदालतभित्रै यौनांग मापन गरिएको हो ।

पीडित महिलाले अभियुक्तको लिंगको आकारका बारेमा प्रस्तुत गरेको दाबी प्रमाणका आधारमा अभियुक्तको लिंग नापिएको थियो ।

यस्तो अभियोग लागेका व्यक्ति वेलिंगटन नजिकैको कापिटी सहरका निर्वाचित काउन्सेलर हुन् । उनको नाम डेभिड स्कट हो । गत वर्ष एक समारोहका दौरान काउन्सिलकै एक महिला कर्मचारीको पिठ्युँमा आफ्नो लिंग नियतबस दलेर यौनहिंसा गरेको अभियोग उनीमाथि लागेको छ ।

समारोह चलिरहेको बेला काउन्सेलरले नियतबस आफ्नो जिउको पछाडिको भागमा आफ्नो यौनांको भाग बेस्कन दलेको भन्दै ती महिला कर्मचारीले आफ्नो जिउमा दलिएको ती पुरुषको लिंगको आकार ४ देखि ५ इन्चसम्म लामो भएको दाबी प्रस्तुत गरेकी थिइन् ।

महिलाको त्यस्तो दाबीको सत्यता परीक्षण गर्नका लागि न्यायाधीश पिटर होब्सले स्कटका डाक्टरलाई काठको स्केलले उनको लिंगको मापन गर्न आदेश दिएका थिए ।

अभियुक्त स्कटको उमेर ७२ वर्षको छ । यद्यपि अभियुक्तको लिंगको मापनपछि त्यसको नजिता के रह्यो भन्ने चाहीँ गोप्य राखिएको छ ।

अभियुक्तका वकिलले भने स्कटको यौनांगले महिलाको ढाड छोएको नभै महिलाको पछाडिबाट हिड्ने क्रममा स्कटको गोजीमा रहेको पर्सले महिलालाई घोचेको दाबी गरेका छन् ।

तर महिलाले भने आफ्नो ढाडमा छुने वस्तु कुनै पर्स, फोन वा औषधिको बट्टा नभै अभियुक्तको लिंग नै भएको जिकिर गरेकी छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्