अञ्जना दाङकी मिस एसईई



घोराही, दाङ(नेस)। दाङमा पहिलोपटक आयोजना गरिएको मिस एसईई २०७५ को उपाधि अञ्जना कुँवरले जितेकी छिन्।

प्रतियोगितामा सरु परियार फस्ट र अञ्जली न्यौपाने सेकेन्ड रनर्सअप भएका छन्। प्रतियोगिताबाट छानिएका अन्तिम ५ प्रतियोगी स्मृती हमाल, अञ्जना कुँवर, सरु परियार, एलिसा वैश्य र अञ्जली न्यौपानेले दाङमै कक्षा ११ र १२ निःशुल्क पढ्न पाउने छन्।

प्रतियोगितामा स्मृती हमाल पब्लिक च्वाइस अवार्ड, अञ्जना कुँवर मिस डिसिप्लिन, मनिषा थापा क्याटवक, किरण डाँगी कन्फिडेन्ट, ऐलिसा वैश्य ट्यालेन्सी, गीता गिरी मिस ड्रेस, मधु सुनार मिस फ्रेन्ड्ली, अञ्चली न्यौपाने मिस लिडरसीप, सरु परियार इन्टेलिजेन्स र निशा बस्नेत पर्सनालिटी अवार्ड विजेता भएका छन्। प्रतियोगिता उत्सर्ग फिल्मस् नेपालले आयोजना गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्