हत्या अभियोग लागेका ढुंगेल रिहा



प्रशान्त वली, काठमाडौं
पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेल जेलमुक्त भएका छन्। सरकारले कैद माफीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेको सिफारिसको पक्षमा निर्णय भएसँगै ढुंगेल रिहा हुने बाटो खुलेको हो।

सर्वोच्चका न्यायाधीशद्धय मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सजाय माफी दिने आधारहरू र कारण सरकारी पक्षले बहसमा पेश नगरेको भन्दै सक्कल फाइल हेर्ने निर्णयसहित सो मुद्दा सोमबार हेर्दा हेर्दैमा सारेको थियो। तर सर्वोच्च अदालतबाट मंगलबार ढुंगेलको विपक्षमा अन्तरिम आदेश जारी भएन।
न्यायाधीशद्वय खड्का र मोक्तानको इजलाशले ढुंगेल रिहा भइसकेका कारण उक्त रिटमा अन्तरिम आदेश जारी गर्नुको औचित्य नभएकाले अन्तरिम आदेश जारी नगरेको हो।

सर्वोच्चको फैसलामा भनिएको छ,– ‘गत २०७५ जेठ १३ गते मन्त्री परिषद्को वैठकको निर्णयअनुसार सिफारीस भइ आएका कैदीहरू मध्ये विपक्षि बालकृष्ण ढुंगेललाई समेत राष्ट्रपतिबाट बाँकी कैद माफ दिई कारागारबाट छुटिसकेको देखिँदा निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन, कानुनबमोजिम गर्नू। ’

अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई छाड्न नहुने भन्दै रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्