गणतन्त्र दिवसः बिदा कटौती गरिएपनि टुँडिखेलमा भब्य कार्यक्रम (फोटोफिचर)



नेपाल समाचारपत्र, काठमाडौँ ।

मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको ११ वर्ष प्रवेशको अवसरमा आज गणतन्त्र दिवस मनाइएको छ ।

२०६२–६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो । राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा  मनाइँदै आएको छ ।

सरकारले अघिल्ला वर्षहरु जस्तै यस वर्ष पनि राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखलगायत अन्य विशिष्ट व्यक्तीहरुको सहभागीता रहेको थियो ।
टुँडिखेलमा औपचारिक कार्यक्रम गरिए पनि यस वर्षबाट सार्वजनिक बिदा भने कटौती गरिएको छ ।

गणतन्त्र दिवस मनाइदै गर्दा टुँडिखेलमा देखिएका केही झलकहरु

तस्विरः मोनिका मल्ल, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्