सैनिक अखडा



वार्सा, (एजेन्सी)
पोल्यान्डले यदि आफ्ना सीमा क्षेत्रमा स्थायी रूपमा अमेरिकी सैनिक अखाडा राखिने हो भने आफू २ अर्ब अमेरिकी डलर दिन तयार रहेको रक्षा मन्त्रालयमार्फत सोमबार जनाएको छ । पोल्यान्डले यसरी ती क्षेत्रमा अमेरिकी फौज तैनाथ गर्दा सो क्षेत्रमा रुसी आक्रामक नीतिलाई रोक्न सकिने बताएको छ ।

पोल्यान्डमा स्थायीरूपमा अमेरिकी फौज तैनाथ गरिँदा रसियालाई अमेरिकाको पूर्वी युरोपेली गठबन्धनलाई समर्थन छ भन्ने सन्देश जाने बताइएको छ । सन् २०१४ मा रसियाले क्रिमिया आफ्नो भूभागमा गाभेको थियो ।

प्रतिक्रिया दिनुहोस्