ओली सरकारका यातायातमन्त्रीको नीतिगत भ्रष्टाचार, बीपी राजमार्गमा ठुला सवारीलाई प्रवेश



 

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले नीतिगत भ्रष्टाचार गरेका छन । बिपी राजमार्गमा गुड्ने सवारीको नयाँ मापदण्ड तोक्दै मालवाहक सवारी साधन १६।२ टनसम्मका र सार्वजनिक यातायात ४।२२५ मिटर लम्बाइ एवं ओभर ह्याङ अर्थात् पछाडिको चक्कापछिको भाग २।११३ मिटरसम्मका सवारी साधनलाई गुड्न दिने निर्णय गरेका छन । सोमबार मन्त्रालयले बिपी राजमार्गमा गुड्ने सवारीको मापदण्ड तोक्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ । यो निर्णयसँगै महासेठले विभागका महानिर्देशकलार्इ किन हटाए भन्ने रहस्यको पर्दाफास भएको छ । मन्त्रीको यो निर्णमा ठूला गाडी बेच्ने सिप्रदी र अशोक लेलण्ड कम्पनीहरूको समेत स्वार्थ मिसिएको स्रोतले बताएको छ । जापान सरकारले प्रति किलोमिटर ११ देखि १९ करोड खर्चेर बनाइदिएको बाटोमा सवारी सञ्चालनका लागि जुन प्राविधिक मापदण्ड दिएको थियो मन्त्रीको निर्णयले उक्त मापदण्डलार्इ कुल्चिएको छ ।

सडकमा मापदण्डविपरितका गाडी गुडाउन दिनेगरी तत्कालीन मन्त्री रमेश लेखकले गरेको निर्णयका विषयलार्इ सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकै अवस्थामा महासेठले यसरी गलत निर्णय लिगेका छन । यस्ता सवारी बेलुकी ९ बजेदेखि बिहान पाँच बजेसम्म चल्न पाउने उहाँले बताउनुभयो । धुलिखेल–बर्दिबास मार्गमा यसअघि २०७३ असारदेखि सरकारले १८ सीटभन्दा बढीका सार्वजनिक यातायात र १० ग्रस यान्त्रिक क्षमताभन्दा बढीका मालवाहक सवारी प्रवेशमा रोक लगाइँदै आएका थियो ।

जापान सरकारले ठुल्ठूला सवारीसाधन सञ्चालन गर्न नभई कृषि क्षेत्रलाई प्राथमिकता दिएर सडक निर्माण गरेको हो । जापान सरकारले महँगो लागतमा रिटेनिङ वाल लगाएर जीओटेकी प्रविधिबाट निर्माण गरेको बीपी राजमार्गको नागबेली पर्यटकीय सडक पनि हो । राजमार्गको निर्माण सम्पन्नसँगै अत्यधिक सवारी चाप र समयमा सडक मर्मतलाई ध्यान नदिँदा नेपालकै पर्यटकीय राजमार्गको रूपमा रहेको बीपी राजमार्ग कुरूप बन्दै गएको अवस्थामा मन्त्रीले गलत निर्णय लिएका छन ।

सवारी चाप र भारवहन क्षमताभन्दा बढीका गाडी चलाउन प्रशासनले कडाइ गरेपछि उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू मापदण्डविपरीत सवारी सञ्चालन सुचारु गर्न मन्त्रालयसम्मै पुगेर मन्त्रीलाई आग्रह गरेका थिए । मन्त्रीले व्यवसायीको प्रभावकै आधारमा कुनै सोच विचार नै नगरी निर्णय लिँदा विपिराजमार्ग संकटमा पर्ने भएको छ ।

बढी भार क्षमताका गाडीका कारण बीपी राजमार्गको भविष्य खतरामा पर्दै आएको छ । भारवहन क्षमताभन्दा बढीका मालवाहक तथा यात्रुवाहक सवारीका कारण बिग्रँदै गएको राजमार्गमा स्थानीय प्रशासनले ३ दिनदेखि १० टन भन्दा बढी भार क्षमताका सवारी चलाउन रोक लगाएको थियो । पछिल्लो समय सुनकोसी आसपासमा क्रसर उद्योग खुल्ने क्रम बढेसँगै राजमार्गमा ट्रिपरसमेत बाक्लो गुड्न थालेका छ न। राजमार्गमा ठूला बस र ट्रकलाई नेपाल सरकारले अनुमति नदिए पनि क्रसर उद्योगका गिट्टी, बालुवा बोक्ने ट्रिफर खुलेआम चल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्