महानिर्देशक भट्टराई फेरि यातायात मन्त्रालयमा



काठमाडौं । यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराई पुनः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा फर्किएका छन् ।

यातायात क्षेत्रको सिन्डिकेट हटाउन महत्वपूर्ण कदम चालेका भट्टराईलई मन्त्री रघुवीर महासेठले गत ३ गते बिहीबार मन्त्रालय तानेका थिए । विभागबाट मन्त्रालय तानिएका भट्टराई आइतबारबाट श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गर्ने तयारी रहेको थियो ।

भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा संशोधन गरी यातायात मन्त्रालयमै राखेको छ ।

यातायात क्षेत्रको सिन्डिकेट हटिसकेपछि यसलाई अझ व्यवस्थित गर्न‚ रुट मर्ज लगायतका अन्य महत्वपूर्ण काम गर्न भट्टराईलाई पुनः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै फर्काइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

भट्टराई आइतबार श्रम मन्त्रालयमा हाजिर गर्न जान लागेकोमा सामान्य प्रशासन मन्त्रालयले यातायात मन्त्रालयमै हाजिर हुन अर्को पत्र दिएको सहसचिव भट्टराईले बताए ।

यातायात मन्त्रालयमै फकाइए पनि भट्टराईलाई कुनै जिम्मेवारी दिइएको छैन । यातायात व्यवस्था विभागको महानिर्देशकमा पनि मन्त्रालयले हालसम्म कसैलाई नपठाउँदा हाल विभाग महानिर्देशकविहीन छ ।

प्रतिक्रिया दिनुहोस्