महाविर पुनसगं एनआरएन जापानको अन्तरक्रिया



आविष्कार केन्द्रलाई सहयोग हस्ततरण

राजबीन थापा,टोकियो।  जापान सरकार तथा टेलिकम्युनिकेश युनियान जापानको विशेष सम्मान लिन जापान आउनु भएको डा। महाविर पुनसग गैर आवसिया नेपाली सघं (एनआरएन) जापानले आईतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

एनआरएन जापानका अध्यक्ष टासि वाङदी लामाले स्वागत मतब्य सहित शुरुभएको अन्तरक्रिया कार्यक्रममा डा महाविर पुनले शुरु गर्नु भएको नेपाल आविष्कार केन्द्र र देश विकासमा प्रविधिक विकासकको आवस्यकताको बारेमा आईसिसि सदस्य ओम गुरुङले विषय प्रवेश गर्नु भएको थियो । उहाले डा. महाविर पुन र उहाँको गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा डा पुनले आविष्कार केन्द्रको आवस्यकता र महादान अभियानको बारेमा जानकारी गराउदै आआपनो ठाउबाट सहभागि हुन अनुरोध गर्नु भयो । देशको विकासको लागि विज्ञान र प्रविधिको विकास समय अनुकुल विस्तार गराउदै विकास गर्नु पर्ने जोडदिदै, प्रतिभा र क्षमता भएका जनशक्तिलाई पहिचानगरी राज्यले विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिनुभयो । उहॉले नेपालको विकासको लागि राज्यले बौद्धिक पलायनलाई रोक्नु पर्ने बताउदै प्रविधिलाई अपनाउन पर्ने बताउनुभयो । उहॉले आविष्कार केन्दले विज्ञान र प्रविधिमा नयॉ नयॉ खोज गर्रिरहेको बताउदै, यसका लागि उपयुक्त वतावरण बनाउन तथा नयॉ प्रविधिको विकास गर्ने आर्थिक सहितको सहयोग आवस्यक परेको भन्दै महादान गर्न अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै आईसिसि युवा संयोजक सुदन थापाले अबको विकास प्रविधि विना सम्मभव नभएको तर सरकारले गर्नु पर्ने काम डा। पुनले शुरु गर्नु भएको भन्दै सहयोगको लागि अनुरोध गर्नु भएको थियो ।

आईसिसिका प्रवक्ता भुषण धिमिरेले गैर आवसिया नेपाली सघं पनि नेपालको सबै खालको विकासको सहकार्यको लागि स्थापना भएको भन्दै आउदो अक्टूबर हुने अन्तराष्ट्रीय युवा भेला गरिने जानकारी गराउदै आविष्कार केन्द्रसग सहकार्य गर्न अनुरोध गर्नुभयो ।

अन्तरक्रियामा एसिया प्यासफिक संयोजक किरण बिक्रम थापाले सबैलाई आआपनो ठाउबाट सहयोग गर्न अनुरोध गर्नु भयो । कार्यक्रममा आईसिसि सदस्यहरु कपिल देव थापा, महेश श्रेष्ठ ले केन्द्रबारेमा बोल्नु भएको थियो ।

सहयोग हस्तान्तरण

एनआरएन जापानको आयोजनामा भएको कार्यक्रममा महाविर पुनले देशको विकासको लागि शुरु गर्नु भएको आविष्कार केन्द्रलाई एनआरएन जापानको तर्फबाट अध्यक्ष टासि वाङदी लामाले १ ७ मान ९ एक लाख सत्तारी हजार एन ० तथा चितवन समाज जापानको तर्फबाट अध्यक्ष राजन श्रेष्ठता २५ हजार जापानि एेन हस्तान्तरण गरिएको थियो । डा. पुनले सहयोगको लागि घन्यबाद ब्यक्त गर्दै केन्द्रलाई आर्थिक सहित जनशक्ति, एव केन्द्लाई सबै खाले सहयोगको लागि अनुरोध गर्नुभयो ।

गैरआवसिया नेपाली सघं जापानका पदाधिकारीहरु विभिन्न सघं संस्था अध्यक्षहरु सहभागि रहेको एनआरएन जापानका प्रवक्ता पर्शुराम बस्नेतले जानकारी दिनुभयो

कार्यक्रममको संचालन एनआरएन जापानका सचिव जनक बिक्रम शाहिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्