नेकपा र फोरमबीच दुईबुँदे सहमति, फोरम सरकारमा सहभागी हुने



संविधान संशोधन गर्न सरकार तयार

नेपाल समाचारपत्र, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएको छ । सहमतिसँगै उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा सहभागी हुने पक्का भएको छ ।

सोमबार बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवले दुईबुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसँगै सत्तारुढ दल नेकपाले सहमतिका आधारमा संविधान संशोधन गर्ने लिखित सहमति गरेको छ ।

फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने सहमति पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्