झाडापखालाबाट एकै गाउँपालिकाका १ हजार बढि प्रभावित, विद्यालय नै बन्द गर्नुपर्ने अवस्था



नेपाल समाचारपत्र, दाङ ।
दाङको शान्तिनगरमा फैलिएको झाडापखाला नियन्त्रण हुन सकेको छैन । पातेटाकुरा, गनारी, गाहा टोल, अँधेरे, भल टोल, खत्री टोल, चिराघाट एकली, कजेरी र हिरापुर गाउँमा शनिबारबाट फैलिएको झाडापखाला नियन्त्रण बाहिर गएको हो ।

स्थानीय माइली खोला खानेपानी आयोजनाको पानी दुषित भएकाले झाडा पखाला फैलिएको शान्तिनगर स्वास्थ्य चौकीले जनाएको छ । सोमबार बिहानैदेखि पनि बिरामीहरु उपचार गर्न आइरहेको र झाडा पखाला फैलिएपछि स्थानीय विद्यालय समेत बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । अहिले दाङको वीपी कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कूल आइतबारदेखि नै बन्द गरिएको छ ।

राप्ती उपक्षेत्रीय अस्पताल घोराही, शान्तिनगर स्वास्थ्य चौकी र सेनाको टोलीले बिरामीको उपचार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्