भेनस फ्रेन्च ओपनबाट बाहिरिइन



मेड्रिड, (एजेन्सी)
महिला सिंगल्सतर्फ सात पटकको ग्रान्डस्लाम विजेता भेनस विलियम्स आईतबारबाट शुरु भएको फ्रेन्च ओपनबाट बाहिरिएकी छन् ।
रोलान्ड ग्यारोसमा भएको पहिलो चरणकै खेलबाट अमेरिकी खेलाडी भेनस विदा भएकी हुन् । ३७ वर्षीया भेनसलाई ९१ औं स्थानमा रहेकी चीनिया खेलाडी वांग कियांगले ६–४, ७–५ ले हराइन् । भेनस वर्षको दोस्रो ग्रान्डस्लामअन्तर्गत २००२ मा उपविजेता बनेकी थिइन् । उनकी बहिनी सेरेना विलियम्सले आज प्रतिस्पर्धा गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्