किशोरीलाई गर्भवती बनाउने प्रहरीलाई सफाइ



पाँचथर । फाल्गुनन्द गाउँपालिकाकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् ।

वडा नम्बर १ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतले सफाइ दिएको हो ।

उनी एक किशोरीलाई ललाइफकाइ पटकपटक करणी गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका थिए । जिल्ला न्यायाधीश मनोज केसीको फैसलाबाट ठटालले सफाइ पाएका हुन् । एक विपन्न परिवारको किशोरीलाई गर्भवती बनाएका ठटालले किशोरीको अभिभावकलाई पैसा दिएर गर्भपतन गराउन खोजेपछि घटना सार्वजनिक भएको हो ।

औषधि पसलमा उनका बाबुले गर्भपतन गराउने औषधि मागेपछि पसल सञ्चालकले सोधखोज गर्दा किशोरीका बाबुले छोरीलाई ठटालले बलात्कार गरेको र उनैले गर्भपतन गराउन पठाएकाे बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्