ढुंगेललाई आममाफी दिने कि नदिने ? आज सर्वोच्चको निर्णय



काठमाडौ । सर्वोच्च अदालतले जन्मकैद तोकका बालकृष्ण ढुँगेलको थुनामुक्त गराउने तयारी गरे नगरेकोबारे सरकारले आज सर्वोच्च अदालतमा जवाफ पेश गर्ने भएको छ ।

सर्वोच्च अदालतले आदेश बमोजिम २४ घण्टामा जवाफ दिन सरकारलाई निर्देशन दिएको थियो । सरकारले आइतबारैै जवाफ पेश गर्ने तयारी गरे पनि पालो नआएकाले सोमबार जवाफ पेश गर्न लागेको हो ।सोमबार दुवै पक्षको सुनुवाई गराउने तयारी रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।

कारागार विभागले गणतन्त्र दिवसका दिन कैद मिनाहा गर्ने कैदीको नामको सूचिमा ढुंगेलको नाम पनि सिफारिस गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको हो ।

दुवै पक्षको बहस सुनेपछि सोमबारनै सर्वोच्चले यसबारेमा निर्णय सुनाउनेछ । सर्वोच्चले सोमबार निर्णय नगरे सरकारले भोली गणतन्त्र दिवसका दिन ढुंगेललाई माफी दिन अवरोध हुने छैन ।

प्रतिक्रिया दिनुहोस्