मन्त्रीको उपलब्धि



वर्तमान सरकार विगतको जस्तो अस्थिर सरकार होइन रे, छिट्टै ठूलो छलाङ मार्छ रे। त्यही भएर आम नेपालीलाई खुसी बनाउन ‘खुसी नेपाली समृद्ध नेपाल’को नारा अघि सार्या छ। त्यो लक्ष्यमा पुग्न होला केही दिनअघि नीति तथा कार्यक्रम सार्वजनिक गर्या छ।

अरूभन्दा फरक र उदाहरणीय बन्न मन्त्रीहरू निकै दौडधूपमा लागिप¥या छन्। पर्यटनमन्त्री अधिकारी मन्त्रालयभन्दा बढी विमानस्थलतिरै भेटिन्छन्। धरहराले सुन्या फिल्ड भत्ता राम्रै हुन्छ रे। अरूले आफूलाई उछिन्छन् भनेर खेलकुदमन्त्री विश्वकर्मालाई निकै खटपटी भएछ, उनी पनि उद्घाटन र शिल्यान्यासमा दौडिन थाल्या छन्।

खटपटी सामान्य होइन, राम्रै भएछ त्यसैले उनले आफ्नो र अन्य मन्त्रालयको कार्यक्षेत्र छुट्याउनै बिर्सन थालेछन्। विश्वकर्मा भैंसीगोठ उद्घाटन गर्नसमेत पछि प¥या छैनन्। भैंसी गोठको उद्घाटन पनि रिबन काटेर। रिबन काट्ने कृषिमन्त्री खनाल होइनन् र? भन्दै धरहरा पनि धेरै बेर अन्योलमा पर्यो, तर अन्ततः उनै विश्वकर्मा रहेछन्। पाठकवृन्दलाई ‘कन्फ्युज’ नहोस्, हेरौं तस्वीर। आखिर सुखी र समृद्ध नेपाल जो बनाउनु छ।

प्रतिक्रिया दिनुहोस्