लागूऔषधविरुद्धको अभियानमा सत्तरी मारिए



ढाका, (एजेन्सी)
यसै महिना बंगलादेशमा सरकारले लागूऔषध विरुद्ध चलाएको अभियानको दौरान सत्तरी जनाभन्दा बढी मानिसको ज्यान गएको सरकारी अधिकारीहरुले आइतबार बताएका छन् । सरकारी सूत्रले राजधानी ढाकाका थुप्रै स्थानमा प्रहरीले छापा मारेको जनाएको छ ।

शनिबार मात्र अवैध लागूऔषध ओसारप्रसारमा संलग्न रहेको आशंकामा एक सयजनालाई हिरासतमा लिइएको थियो । त्यसै गरी सोही दिनको राति सुरक्षाकर्मी र लागूऔषध तस्करहरुबीच विभिन्न स्थानमा गोली हानाहान भएको थियो ।

बंगलादेशको यस कदमलाई फिलिपिन्सको राष्ट्रपति रोड्रिगो डुटेर्टेले गरेको लागूऔषध प्रयोगकर्ता र व्यपारीमाथि गरिएको हिंसात्मक अभियानसँग तुलना गरिएको छ। यो अभियान थालनी भएयता बंगलादेशमा हजारौं व्यक्तिलाई हिरासतमा लिइएको छ ।

बंगलादेशको प्रहरी र ¥यापिड एक्सन बटालियन ( आरएबि ) ले सयौं दुव्र्यसनीहरुलाई जरिवाना पनि गरिएको बताएका छन् । त्यसै गरी हालैका दिनहरुमा थुप्रै जिल्लामा छापामार्ने क्रममा भएके मुठभेटमा ठूलो संख्यामा लागूऔषध कारोबारी मारिएको आरएबीले पुष्टि गरिसकेको छ ।

यो अभियान बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले घोषण गरेकी हुन् । उनले यस अभियानका लागि इस्लामिक लडाकूहरुविरुद्धको युद्धमा जत्तिकै संघर्ष गर्नुपर्ने पनि बताएकी थिइन् । सन् २०१६ का ेजुलाईमा फिलिपिन्समा डुटेर्टेले शुरु गरेको यस्तै अभियानमा मारिनेको संख्या ७ हजार नाघिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्