छोरीको नाम परिवर्तन गर्न अदालतको आदेश



रोम, (एजेन्सी)
इटालीको अदालतले एक दम्पत्तिलाई उनीहरुका छोरीको नाम परिवर्तन गर्न आदेश दिएको छ । यदि उनीहरुले नाम परिवर्तन नगरेमा वा उनीहरुको दिमागमा कुनै नाम नसुझेमा अदालत आफैंले अर्को नाम राख्ने उल्लेख गरको छ ।उक्त जोडीले आप्mनी १८ महिनाकी छोरीको नाम ‘ब्ल्यु’ रोखेका छन् , जसमा अदालतले आपत्ति जनाएको छ । जोडीलाई अदालतका तर्फबाट निर्देशन जारी गरिएको छ ।

अदालतले सुनवाइमा यो एक मोर्डन नाम भएको र अंग्रेजी शब्दको हिसाबले राखिएको उल्लेख गरेको थियो । अदालते उक्त नाम महिला वा केटीको हिसाबले सही नभएको जनाएको छ । साथै अदालतले केटीको जन्म प्रमाणपत्र र पासपोर्टको नामपनि परिवर्तन गर्न आदेश दिएको छ ।
इटालीमा राष्ट्रपतिद्वारा एक कानुन पारित गरिसकेको छ । सन् २००० मा लागू भएको उक्त कानुनअनुसार बच्चाको नाम उनको लिंगअनुसार हुनुपर्नेछ । अर्थात छोरीको नाम केटीको जस्तै हुनुपर्नेछ ।

अमेरिकी गायिका वियान्सले पनि आफ्नी छोरीको नाम ब्ल्यु राखेकी छन् । ती जोडीले यसलाई आफनो पक्षमा प्रमाणका रूपमा राख्ने विचार गरिरहेको जनाइएको छ। उनीहरुले बियान्सेको उदाहरणसँगै इटालीका केही पुराना आंकडा पनि देखाउने छ । ब्ल्यु नाम इटालीमा पहिलादेखि नै प्रयोगमा आइरहेको देखिन्छ । सन् २०१६ मा इटालीमा ६ बच्चाहरुको नाम ब्ल्यु राखिएका थिए भने सन् २०१५ मा ५ केटीका परिवारले उक्त नाम चयन गरेको आंकडाले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्