बुद्ध एयरले साताको दुई दिन वाराणसी उडान गर्ने



काठमाडौं, (नेस)
बुद्ध एयरले भारतको वाराणसीमा आगामी असार १५ गतेदेखि साताको दुई उडान गर्ने भएको छ। धार्मिक गन्तव्यलाई हवाईमार्गमार्फत जोड्न लागिएको कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताउनुभयो। बुद्ध एयरले उडानसँगै नेपाली तथा भारतीय यात्रु र तिर्थालुलाई भारी छुटमा पर्यटकीय तथा धार्मिक यात्रा प्याकेज उपल्वध गराएको कम्पनीको भनाई रहेको छ।

बस्नेतले दुई पौराणिक नगरी काठमाडौं र वाराणसीलाई बुद्ध एयरले जोड्नको लागेको बताउनुभयो। चार वर्ष अघि कम्पनीले वाराणसीमा मासिक दुई उडान भदै आएको थियो। कम्पनीले आगामी दिनमा नेपालगन्ज–नयाँदिल्ली उडान तयारी गरिहेको बस्नेतले जानकारी दिनुभयो।

बुद्ध एयरको रिसर्च तथा डेभलपमेन्ट विभागकी अधिकृत आस्था बस्नेतले कम्पनीको वेभपोर्टल तथा प्याकेजमार्फत नेपालका पर्यटकीय तथा तीर्थस्थलबारे जानकारी पाउने बताउनु भएको छ बस्नेतले बुद्ध एयरको होलिडे प्याकेजबाट बुद्ध एयरलाई मात्र नभई सबै सरोकारवालालाई उत्तिकै फाइदा हुने र नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताउनु भएको छ। कम्पनीले आफ्नो प्याकेजबाट होटल, ट्रान्सर्पोटेसन, टूर गाइडलगायत अन्य सबैलाई फाइदा हुनेछ।

प्रतिक्रिया दिनुहोस्