सर्वनाममा मिथिला कला



२ वर्षदेखि मिथिला चित्रकलामा क्रियाशील कलाकार पुनमकुमारी दासको एकल कला प्रदर्शनी द स्टोरी अफ मिथिला पेन्टिङ शुक्रबारदेखि सर्वनाम आर्ट ग्यालरी, कालिकास्थानमा शुरू भएको छ। प्रदर्शनीको प्रमुख अतिथि मिथिला चित्रकार तथा प्राज्ञ एससी सुमनद्वारा शुभारम्भ गरिएको थियो।

सर्वनामका संस्थापक तथा रंगकर्मी अशेष मल्लले आफूले सर्वनाम भवनलाई नाटक गर्ने थलोमात्र नभई कलाको हरेक विधालाई प्रोत्साहित गर्ने अनि दर्शकका लागि नेपालभरिको कला हेर्न र बुझ्न सक्ने स्थानका रूपमा परिकल्पना गरेकाले प्रदर्शनीको आयोजना गरिएको बताए। त्यसैगरी प्रमुख आतिथि सुमनले दासको कलाकर्म विगतदेखि नियाल्दै आएको र उनको सिर्जनशीलता र प्रस्तुतीकरण अझ परिस्कृत हुँदै आएको पाइएको बताए। ‘मैथिली समुदायमा चित्रकला, गायन र नृत्यलाई विशेष महŒव दिइन्छ। मिथिलामा हरेक छोरी कलाकार हुन्’ –उनले भने।

कला समीक्षक तथा कलाकार रमेश खनालले मिथिला चित्रकलामा कलाकार एकदमै सक्रिय भएको र यो विधा अन्तर्राष्ट्रियकरण हुनुमा उनीहरूकै क्रियाशीलताले भूमिका खेलेको चर्चा गरे। प्रदेश नं २ की सांसद डा. रीना यादवले परम्परागत शैलीभन्दा पृथक रङको प्रयोग अनि संयोजन गरी चित्रकलालाई अझ आकर्षक बनाउनमा दासले गरेको सिर्जना प्रशंसनीय रहेको बताइन्।

क्यानभास÷कागजमा रुयाब्रिकको प्रयोगबाट बनाइएका सो चित्रकलामा मिथिलाको इतिहास र संस्कृतिको मिठास कायम छ। प्रदर्शनीमा पुनमका २२ पेन्टिङ रहेका छन्। प्रदर्शनी १ महिनासम्म चल्ने छ।

प्रतिक्रिया दिनुहोस्