बढ्यो फेसन शोको तापक्रम



मौसमसँगै फेसन शोको तापक्रम पनि ≈वात्तै बढेको छ। यसैबीच दलजीत सुदानको एकल क्रियसनमा राजधानीमा ट्रेसमी दलजीत सुदान रन–वे फेसन शो–२०१८ सम्पन्न भएको छ।

शोमा सुदानले म्याजिक अफ जफ्रान थिममा तयार पारेका डिजाइन निकै आकर्षक देखिन्थे। थुप्रै फेसन शोमार्फत आफ्ना डिजाइन प्रस्तुत गरिसकेकी सुदानको नेपालका लागि यो पहिलो एकल शो थियो।
राजधानीको सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजामा छिपिँदो रातलाई फेसन शोको तापक्रमले स्वागत गरेको थियो।

छिनभरमै म्युजिक, फेसन र सेलिबे्रटीको भिँडले माहोल रंगिन बन्न पुगेको थियो। रातको ८ बज्नै लाग्दा इन्स्टुमेन्टल म्युजिकको तालमा १ सय ९२ फिट लामो युसेफ ¥याम्पमा मोडलहरू एक–एक गरी बिरालोको चालमा ¥याम्पमा उक्लिएका थिए। एकपछि अर्को गरी मोडलले ३ सिक्वेन्समा विभिन्न आकर्षक पहिरन प्रस्तुत गरेका थिए।


नेक्स्ट मोडल नेपालको इभेन्ट व्यवस्थापनमा भएको फेसन शोको उद्देश्य नेपाली कपडाको प्रवद्र्धन तथा नेपाली पहिरनलाई विश्वसामु पु¥याउनु थियो। १६ महिला र ८ पुरुष गरी २४ मोडल ¥याम्पमा उत्रिएका थिए। जसमा नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, विवेक खड्कालगायत व्यवसायी उत्कृष्ट २४ मोडलले ¥याम्प तताएका थिए।

प्रतिक्रिया दिनुहोस्