रिजु १३औं मिस नेवाः



काठमाडौंकी रिजु मानन्धरले आफ्ना १६ जना प्रतिस्पर्धीलाई पछाडि छोड्दै १३औं मिस नेवाः११३८ को उपाधि चुमेकी छन्। रिजुले नेप्लिज फेसन होमले
शनिबार राजधानीमा आयोजना गरेको नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगितामा निर्णायक चरणमा सोधिएको ‘नेपालमा विपद् व्यवस्थापन कसरी गर्न सकिन्छ? भन्ने प्रश्नको सटिक जवाफ दिएर मिस नेवाःको उपाधि चुमेकी हुन्।

रिजुले निर्णायक प्रश्नको जवाफ दिँदै भनेकी थिइन्– ‘विपद् व्यवस्थापनका लागि हरेक व्यक्तिमा जागरुकता अर्थात् सचेतना हुनुपर्छ।’ भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको खचाखच भरिएको सभामण्डपमा सम्पन्न मिस नेवाःको अन्तिम स्पर्धामा रिजुले चम्किलो ताजका साथ २० हजार रूपियाँ नगद र उपहार प्राप्त गरिन्। रिजुले पब्लिक च्वाइस अवार्डलाई समेत आफ्नो बनाइन्।

प्रतियोगितामा हालै एमबीबीएसको अध्ययन पूरा गरेकी डा. सरिसा श्रेष्ठले फस्ट रनर्सअपको उपाधिसँगै नगद १५ हजार रूपियाँ पाइन्। प्रतियोगितामा मतिना मानन्धरले सेकेन्ड रनर्सअपको उपाधिसँगै नगद १० हजार रूपियाँ पाइन्। मतिनाले मिस पर्सनालिटीको उपाधिलाई समेत आप्mनो बनाइन्। परिचयात्मक चरणबाट शुरू भएको प्रतियोगितामा सृष्टि शाक्यले ५ हजार रूपियाँसहित मिस ट्यालेन्टको उपाधि जितिन्।

प्रतियोतिगामा अञ्जु श्रेष्ठ बेस्ट डे«स र बेस्ट हेयर, सरिना महर्जन उत्कृष्ट नेपाल भाषा, सन्ध्या श्रेष्ठ बेस्ट स्किन, मिलु श्रेष्ठ मिस डिसिप्लिन, बीना महर्जन बेस्ट स्माइल, प्रदीका श्रेष्ठ मिस फ्रेन्डसिप, उस्मी श्रेष्ठ मिस फोटोजेनिक, राधा श्रेष्ठ बेस्टवाक, पस्मिना शाक्य सोसल वेलफेयर एम्बेसडर चिफ तथा सरिसा श्रेष्ठ र प्रज्ञा श्रेष्ठ सोसल वेलफेयर एम्बेसडरतर्फको फस्ट र सेकेन्ड रनर्सअपको उपाधि विजेता भए।

प्रतियोगिताको निर्णायकमा प्राइम बैंकका उपप्रमुख भाइराजा तुलाधर, व्यवसायी प्रदीपमान प्रधान, बुटिक एसोसिएसनका संस्थापक अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, निर्मल श्रेष्ठ, नेपाल टेलिकमकी उपनिर्देशक रिना डंगोल, पूर्व मिस नेवाः योगिता महर्जनलगायत थिए भने कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्