फेवातालबाट चार पर्यटकको उद्धार



पोखरा(नेस) । फेवातालमा हावाहुरी तथा चट्याङ्को कारण अलपत्र परेका चार जना आन्तरिक पर्यटकलाई सुरक्षा निकायले सकुशल उद्धार गरेको छ ।
हावाहुरी तथा चट्याङका कारण फेवातालमा अलपत्र परेका उनीहरुको उद्धारमा सशस्त्र प्रहरी बल नेपाल कालिका गण मालेपाटन पोखराबाट फेवाताल टावर सुरक्षार्थ खटिएको एपीएफ टोली खटिएको थियो ।
त्यसवेला ती व्यक्तिहरु डुंगा भाडामा लिई फेवातालमा बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरी, वर्षा र चट्याङको कारण डुंगा अनियन्त्रित भई अलपत्र परेको अवस्थामा एपीएफ टोलीले तत्कालै चार जनाको सकूशल उद्वार गरेको हो ।
सो घटनामा हराईरहेका रामेछापका सुप्रिम लामाको एपीएफ टोलीले व्यापक रुपमा खोजीकार्य गरिरहेको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक गौतमराज कुँवरको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुलाई मोटर बोटको सहायताले उद्वार गरेको होे । हराईरहेका व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली परिचालन गरिएको छ ।
जीवितै उद्वार गरिएकाहरुमा सिन्धुलीका विशाल थापा, काठमाडौंका अनिल रोक्का, भक्तपुरका मन्दिप महत र शुशिल कुँवर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्