बल्छि र करुणा छुट्टिए



काठमाडौं । हाँस्य टेलिचलश्रृंखला मेरी बास्सैमा बल्छी धुर्वेको भुमिका निर्वाह गरेका कलाकार मरिचमान श्रेष्ठ लोकप्रिय छन् । कलाकारिताले नै उनको जोडी समेत जुराइदिएको छ ।

लमजुङ्गमा कार्यक्रमको लागि जाँदा चिनजान भएकी करुणा खड्कासंग ६ वर्षको प्रेम–सम्बन्धपछि बल्छी धुर्वेले गत बैशाख २८ गते विवाह गरेका छन् । विवाह पछिको पछिल्लो समय यो नवविवाहित जोडी संचारमाध्यमहरुमा छाइरहेका छन् ।

बिहे गरेको केही समय मात्र भएको छ तर यी दुई अहिले छुटिएका छन् । जेठ २ गतेबाट शुरु भएको मलमासका कारण यी दुई नवविवाहित दम्पत्ति अहिले अलग बसेका छन् । शास्त्रका हनुसार मलमासमा नवविवाहित जोडीसँगै बस्नु हुँदैन, त्यसै कारण बल्छीको जोडी पनि अहिले अलग भएका छन् ।

प्रतिक्रिया दिनुहोस्