अफगानिस्तानमा १९ लडाकू मारिए



 

काबुल, । अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा १९ जना तालिबान तथा आइएसका लडाकू मारिएका छन् ।

मारिनेमा दुई जना इस्लामिक स्टेट्स् ९आईएस० का लडाकू कमाण्डर समेत रहेको रक्षा मन्त्रालयका अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

हस्का मिना जिल्लामा शनिबार भएको आक्रमणमा १९ जना आइएस लडाकू मारिएका छन्, मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । मारिने दुई जना कमाण्डरमा क्वारी इसरार र मुल्लाह हासघार रहेका छन् ।

उक्त विज्ञप्तिमा नेटोसहितको अफगान हवाई सेवा वा अमेरिकी नेतृत्वको गठबन्धन सेनामध्ये कसले हवाई हमला गरेको हो भन्ने बारेमा भने स्पष्ट पारिएको छैन ।

काबुलदेखि १२० किलोमिटर पूर्वमा पर्ने उक्त पहाडी प्रान्तमा सरकारी सेना र लडाकूका बीचमा बेला बेलामा भिडन्त हुनेगरेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्