लायन्सका डिष्ट्र्रिक्ट अफिसरहरुको स्कुलिंग सम्पन्न



नेपाल समाचारपत्र, पोखरा ।

लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्र्रिक्ट ३२५ वी १ नेपालको लायन वर्ष २०१८।१९ का डिष्ट्र्रिक्ट अफिसरहरुको स्कुलिंग कार्यक्रम होटल ग्राण्ड पोखरामा सम्पन्न भएको छ । डिष्ट्र्रिक्ट अन्र्तगतका ३४० क्लबका करिव ६५० जना अफिसरलाई आफ्नो पदीय जिम्मेवारीको जानकारी दिने उद्धेश्यले यो स्कुलिंग राखिएको इलेक्ट डिष्ट्र्रिक्ट गभर्नर अशोक श्रेष्ठले बताए ।

कार्यक्रम बिभागिय अनुसारको छुट्टाछुट्टै सेसन सञ्चालन भएकोे २०१८÷१९ का क्याविनेट सेक्रेटरी राम बसेलले जानकारी दिएका छन् । उहाँका अनुसार क्याविनेट सेक्रेटरी एडिशनल र डेपुटी ट्रेजररलाई वर्तमान डिष्ट्र्रिक्ट गभर्नर धनराज आचार्य, क्याविनेट ट्रेजरर एडिशनल र डेपुटी ट्रेजररलाई पुर्व मल्टीपल काउन्सिल चेयरपर्सन गिरधारी शर्मा, चिफ एड्भाईजर को चिफ एड्भाईजर डिपार्टमेन्ट चिफ सिनियर एड्भाईजरको लागि पुर्व डिष्ट्र्रिक्ट गभर्नर युक्तप्रसाद श्रेष्ठ, डिष्ट्र्रिक्ट पिआरओको लागि पुर्व डिष्ट्र्रिक्ट गभर्नर भुगोल शेरचन, एम्बेसडर अफ गर्भनरको लागि पुर्व मल्टीपल काउन्सिल चेयरपर्सन दीपक श्रेष्ठ, जिएमटी जिएलटी र जिएसटीको लागि पुर्व मल्टीपल काउन्सिल चेयरपर्सन प्रेमबहादुर श्रेष्ठ र ईलेक्ट द्धित्तिय भाईस गर्भनर मन रोका, कमिटी चेयरपर्सनको ईलेक्ट प्रथम भाईस गर्भनर ईन्दु लम्साल, रिजनचेयरपर्सनको लागि पुर्व डिष्ट्र्रिक्ट गभर्नर गौतममान श्रेष्ठ र जोन चेयरपर्सनको लागि पुर्व मल्टीपल काउन्सिल चेयरपर्सन राजन लम्साल र डिष्ट्र्रिक्ट गभर्नर इलेक्ट अशोक श्रेष्ठले मोटीभेसन क्लास दिएका छन् ।

यसै गरी शनिवार सम्पन्न दोश्रो सेसनमा मोटीभेशनल स्पिच माईक्रोसफ्ट कम्पनीका एरिया मेनेजर एलेन तुलाधरले सुचना प्रविधि र लिभिङ वाई गिभिङ भन्ने मुल नाराका बारेमा, सफल व्यवसायी एवं लेखक कि नोट स्पीकर कर्ण शाक्यले आफ्नो जिवनको यात्रा र समाजमा लायन्सले भुमिकाका बारेमा जानकारी दिएका थिए । नेपाल लायन्स फाउण्डेशनका बारेमा पुर्व डिष्ट्र्रिक्ट गभर्नर ध्रुव थापा र मोवाईल एप र वेभसाईटको बारेमा सेकेण्ड भिडिजी मनबहादुर रोकाले सहजीकरण गरेका थिए ।

लायन्स वर्ष २०१८÷१९मा लायन्स क्लबले अपांगता, स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विषयहरुमा प्रमुख गतिविधीहरु सञ्चालन गर्नुका साथै नेतृत्व विकास, अन्तर्राष्ट्रियले तोके बमोजिमका कार्यक्रमहरुलाई निरन्तरता दिईने पिआरो ईन चिफ् परमेश्वर बरालले जानकारी दिएका छन् ।

कार्यक्रमको समापन समारोहमा सहभागीहरुको तर्फबाट सुधा थापा र बाबुराम गिरीले मन्तव्य राखेका थिए भने प्रमुख अतिथी मल्टीपल काउन्सील चेयरपर्सन बालकृष्ण बुर्लाकोटीले डिष्ट्रिक ३२५ बी १ लाई आगामी वर्षमा पनि विश्व कै एक नं. डिष्ट्रिक बनाउन सबै अफिसरहरुले क्लब लेभलमा काम गर्न आग्रह गर्दै सफलताको शुभकामना दिएका थिए । पूर्व मल्टीपल काउन्सील चेयरपर्सन दिपक श्रेष्ठले प्रत्येक वर्ष गर्भनरले ल्याएका कार्यक्रमलाई जुलाई १ बाट अफिसियल बनाएर काम गर्न अनुरोध गर्दै शुभकामना दिएका थिए ।

त्यसै गरी पूर्व डिष्ट्रिक भर्गनर युक्त प्रसाद श्रेष्ठले वर्ष आगामी वर्षको मुल कार्यक्रम अपाङ्गता  हाम्रो आत्मियता भन्ने मुल कार्यक्रमलाई सफल तुल्याउन सबै अफिसरलाई शुभकामना दिएका थिए । सो अवसरमा कार्यक्रमका मुख्य आकर्षक ब्यक्तित्व वर्ष १८÷१९का गर्भनर अशोक कुमार श्रेष्ठले कमजोर मानिसले बदलाको सोच लिने र सबल मानिसले क्षमा दिने र बुद्धिमता अपनाउने गरे झै आगामी वर्षमा सार्थक जिवन बिताउनका लागि समाजमा केही न केही दिएर बाँच्नका लागि आफूले लिभिङ वाई गिभिङ भन्ने मुल नारा तय गरेको बताएका थिए ।

डिट्रिक्क गण्र्भनर धनराज आचार्यले कार्यक्रमको समापन गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिर्दै आगामी वर्षमा थप जुझारुकताका साथ काम गर्नका लागि शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्