परिवारमा आधारित वालवालिका संरक्षणमा जोड



नेपाल समाचारपत्र, काठमाडौं ।
बाबुआमा गुमाएका वालवालिकालाई सकभर उनीहरुको परिवारका अन्य सदस्यकै संरक्षणमा रेखदेखको व्यवस्था मिलाउन एसओए वालग्राम नेपालले जोड दिएको छ ।

पछिल्लो समयमा वालगृह या वालग्राममा आधारित संरक्षण कार्यलाई भन्दा परिवारकै काका, मामा, ठुलोबा, हजुरबामध्ये नजिकको आफन्त या नातेदारको संरक्षणमै त्यस्ता वालवालिकाको संरक्षणमा जोड दिएको हो ।

वालवालिकाको मायालु घरको रुपमा परिचित अन्तराष्ट्रिय गैरसरकारी संस्था एसओएस वालग्राम नेपालले विगत ४४ वर्षदेखि अभिभावकवीहिन वालवालिकाको उचित संरक्षण र रेखदेखका साथै शिक्षादिक्षा दिँदै आएको छ ।

एसओएस वालग्राम अन्तर्राष्ट्रियले पनि यस्तो संरक्षण कार्य (किनसिप) लाई प्राथमिकतामा राखेकोले नेपालमा पनि विस्तारै यस्तो अवधारण अघि सार्नुपर्ने कुरामा जोड दिइएको हो ।

वालग्रामले गत एक वर्षमा गरेको कार्यको मुल्यांकन तथा आम्दानी खर्र्च सार्वजनिक गर्दै आगामी वर्षको कार्यक्रम बनाउन आयोजित ‘सामाजिक लेखाजोखा’ कार्यक्रममा एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्माले सन् २०१७ मा सम्पन भएका आयव्य विवरण सहितको कार्यविस्तार सार्वजनिक गर्नुभयो ।

उहाँले एसओएस फेमिलि केयरमा तालीम प्राप्त एक जना आमा र एक जना काकीआमाले आमा बुबा गुमाएका बालबालिकाहरुलाई पारिवारीक वातावरणमा स्हार सुसार गर्ने व्यवस्था रहेका जानकारी गराउनुभयो । उहाँले नेपालमा संचालित ७ वटा एसओएसका बिद्यालयमा ४ हजार भन्दा बढी विद्यार्थी रहेका छन् । यसमा ६ वटा विद्यालय टप २० भित्र पर्छन भन्नुभयो ।

शर्मा भन्नुहुन्छ देशभरि एसओएसको ४५ वटा परियोजना मार्फत २८ हजार ३ सय ७७ बालबालिका आश्रित छन् । ०७२ को भुकम्पका समयमा सिन्धुपाल्चोक, दोलखा, काभ्रे लगायतका क्षेत्रमा विद्यालय तथा आश्रित घरहरुमा क्षति पुगे लगत्तै एसओएसले भौतिक संरचना निमार्ण तथा आय आर्जनका साथै साना किराना पसल तथा छाला जुत्ता बनाउने व्यक्तिहरुलाई समेत सहयोग गरि जिविकोपार्जनका लागि सघाएको थियो । उहाँले सोही अवसरमा सरकारलाई पनि सहकार्यमा अघि बढ्न आग्रह गर्नुभयो । एसओएसले युवाको क्षमतालाई सम्मानका लागि आगामी बर्षको कार्यक्रम तय गरेको पनि जानकारी गराउनुभयो ।

सोही भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले सरकारी तहमा नभएको काम एसओएस बालग्रामले गरेको छ । यतिमात्र नभै २ हजार भन्दा बढी बालबालिकालाई नियमित शिक्षा दिक्षा, खानपान, बास, कपासको व्यवस्था त्यो पनि पारिवारिक वातावरणमा गर्नु निकै प्रशसनीय कार्य हो भन्नुभयो । एसओएसले आफ्नो मौलिकतालाई काम राख्दै अघि बढोस यहि सुभकामना छ भन्नुभयो ।

कार्यक्रममा आकस्मिक कार्यक्रमका डाइरेक्टर तथा सल्लाहकार श्रीशंकर प्रधानाङ्ग, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव बीर बहादुर राई लगायतका वक्ताहरुले एसओएसको कामको प्रशसा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्