दैनिक कामकाजका लागि हाइड्रो पावरकै भर



अभिमन्यु लामिछाने, उदयपुर ।

उदयपुरको विद्युत् विहिन पहाडी क्षेत्र लघु विद्युतको भरमा उज्यालो भएको छ । राष्ट्रिष्य विद्युत् प्रशारण लाईन नजोडिएको पहाडी क्षेत्रमा स्थानीय खोनालनाबाट उत्पादन गरिएको लघु विद्युत्को भरमा नै उदयपुरको पहाडी क्षेत्र उज्यालो बनेको हो ।

विगतका दिनहरुमा स–साना खोलानाहरुबाट हाईड्रो पावर मार्फत निकालिएको विजुलीबाट पहाडी क्षेत्र चौविसै घण्टा झलमल भएको छ । जिल्लाको पहाडी क्षेत्रमा हालसम्म सरकारी तथा गैर सरकारी निकायको प्रयासमा २ सय ११ दशमलव ५ किलोवाट भन्दा बढी विद्युत उदयपुरमा उत्पादन भएको जिल्ला समन्वय समिति उदयपुरका उर्जा तथा वातावरण अधिकृत राजदेव यादवले बताए । उनले भने, ‘नयाँ संरचना अनुसार विभिन्न नगरपालिका र गाँउपालिकाकाले विद्युतको राष्ट्रिय प्रशासरण लाईन जोड्न जोडबल गरिरहेका छन,’ उनले भने, ‘स्थानीय सरकारको प्रयास पनि ठिकै छ, तर, अहिलेसम्म पहाडी क्षेत्रमा लघु विद्युतले सेवा दिइरहेको छ ।’

हाल २० किलोवाट भन्दा माथि आँपटारको यारिखोला (२३), राकुखोला ठानागाँउ(२५) र हाडीखोला पोखरी(२३) किलोवाट रहेको यादवले बताए । उर्जा तथा वातावरण शाखाको तथ्यङमा १० किलोवाट भन्दा तलका तीन वटा अयोजना छन् । जसमा नागदहखोला हर्देनी १७, वैद्यनाथ खोला १५, भलाया डुल्माखोला १६ किलोवाटका हुन । त्यस्तै गरि १० किलेवाट भन्दा तलका २२ वटा आयोजना रहेको छ । खरीखोला, छिपिखोला, धमिले खोला, रसुवा खोला, राताखर्क खोला लगायत आयोजनामा रहेको तथ्याङमा देखाईएको छ ।

निर्माण कार्यका लागि तयारी अवस्थामा ३० किलोवाट भन्दा माथिका तीन आयोजना छन् । जसको काम धमाधम भइरहेको छ । सोरुङ खोला सोरुङ छविसे ३०, डोडेनी खोला मयँखु ३२ र यारीखोला इनर्मी ३६ किलोवाटका छन् । विद्युतसँगै सोलार प्रयोग कर्ता समेत बढ्दै गएका छन । सरकारी तथा गैर सरकारी सहयोगमा सोलार जडान गर्ने प्रयोगकर्ता पनि बढेका हुन ।

उदयपुुरको चारै गाँउपालिकको केन्द्रमा केन्द्रमा राष्ट्रिय विद्यतु जोडिएको छैन । विद्यतु नभएको ठाँउमा लघु विद्युत समेत नभएपछि सोलार जडान गरेर गाँउपालिकको केन्द्र सञ्चालन भएका छन । लिम्चुङबुङ, उदयपुरगढी, रौतामाई र ताप्ली गाउँपालिका कार्यालयको कामकाजमा सोलार प्रयोग गरिएको छ । गाउँपालिका केन्द्रमा बिजुली नहुँदा सोलार सेटबाट छिटो छरितो काम सञ्चालन गर्न गाह्रो भएको बताइएको छ ।

बिजुली नहुँदा सोलार बत्तीकै भरमा कार्यालयको प्रिन्टिङ, फोटोकपी, कम्प्युटर, इन्टरनेट, डकुमेन्टेसन जस्ता अत्यावश्यक काममा असहजता भएको लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रमुख मेजर राईले बताए । ‘हाम्रो गाउँपालिका अलिक ओझेल ठाउँमा पर्छ, राम्ररी घाम नलागेपछि सोलारको ब्याट्री ब्याकअपले पनि धान्दैन,’ उनले भने, ‘कति खेर झिप्प जाने हो टुंगो पनि हुन्न, अरु विकल्प भने छैन ।’

उदयपुरगढी गाउँपालिकामा पनि बिजुली नहुँदा सोलार प्यानलबाट कार्यालयको कामकाज गर्ने गरेको छ । सोलार प्यानलबाट गाउँपालिकाको कामकाज गर्दा समस्या हुने गरेको निमित्त प्रशासकीय अधिकृत गुणराज श्रेष्ठले बताए । निमित्त प्रशासकिय अधिकृत श्रेष्ठले भने, ‘बिजुली नहुँदा प्रिन्टिङ, स्क्यानिङ गर्न समस्या मात्र नभएर विभिन्न मन्त्रालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा, कृषि, स्वास्थ्य, जिल्ला प्रशासन, प्रहरी कार्यालय लगायत कार्यालयको महत्वपूर्ण सूचनाहरु पनि समयमै हेर्न सकिएको छैन् ।’

प्रतिक्रिया दिनुहोस्