केन्द्रले अवलम्बन गरेको नीति नै प्रभावकारी ः जनप्रतिनिधि



सोम दियाली, सर्लाही । प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले अवलम्बन गरेको नीतिले स्थानीय स्तरमै विवाद समाधानमा सहयोग पुगेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
जिल्ला समन्वय समिति सर्लाहीको संयोजनमा प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले शनिवार सर्लाहीको बागमतीमा आयोजना गरेको द्वन्द रुपान्तरण सम्बन्धी अभिमुखिकरण गोष्ठीका वक्ताहरुले यस्तो बताएका हुन् ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मैथुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सर्लाही क्षेत्र नम्बर ३ क का प्रदेश साँसद डिल्ली प्रसाद उप्रेतीले मानिस सामाजिक प्राणी भएकोले समाजमा विभिन्न खाले द्वन्द सिर्जना हुनु स्वभाविक भएको बताउँदै त्यस्ता द्वन्दको सही समाधानमा प्राकिृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले अवलम्बन गरेको नीति प्रभावकारी भएको बताए ।
उनले भने– “प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले हेरेको केश उल्टिएको मैले देखेको छैन, किनकी उसले कसैले नहार्ने र सवै पक्षको जीत हुने गरे निर्णय गर्छ ।” त्यस्तै गोष्ठीमा सहभागि जिल्लाका २० ओटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधीहरुले पनि प्राकृतिक स्रो द्वन्द रुपान्तरण केन्द्रले अवलम्बन गरेको नीति प्रभावकारी देखिएकोले तल्लो स्तर सम्म पुगेर आग्रह गरे ।
गोष्ठीका अवसरमा केन्द्रले आर्थिक वर्ष २०७४÷०७५ मात्रै जिल्लामा प्राकृतिक स्रोत सँग सम्बन्धीत १३ ओटा द्वन्दको समाधान गरेको र अरु ५० भन्दा बढि द्वन्दका लिखित तथा मौखिक उजुरी परेको जानकारी दिएको छ ।
सवैले जित्ने कसैले नहार्ने नीति अवलम्बन गर्छ गरेकै कारण केन्द्रको निर्णय प्रभावकारी बन्दै गएको केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले बताईन् ।

प्रतिक्रिया दिनुहोस्