गोली हानेर ९ लाख लुट्ने मध्ये एक लुटेरा पक्राउ, धनगढी बजारमा त्रास छायो



 

धनगढी । कैलालीको धनगढीको ब्यस्त बजारमा लुटेराको समुहले गोली हानेर ९ लाख रुपिया लुटेको प्रहरीले जानकारी दिएको छ । नकाव लगाएर आएका २ जना लुटेराले निर्मल कार्कीलाई गोली हानी रकम लुटेका हुन ।
आईएमईबाट रकम निकाले बैकमा पैसा जम्मा गर्न जान लागेका काकीृलाई गोली हानेर रकम लुटेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले लुटपाटमा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्