ट्रम्पको शंका अस्वीकार



बेइजिङ, (एजेन्सी)
चीनले कोरियाली शान्ति वार्ता रद्द हुनुमा बेइजिङको भूमिका रहेको आरोपलाई अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको व्यवहारमा आएको परिवर्तनका लागि बेइजिङ जिम्मेवार रहेको संकेत दिएको थियो। सिंगापुरमा आगामी महिनाको प्रस्तावित ट्रम्प–किम शिखर बैठक रद्द हुनुमा चीनको भूमिकामा आशंका गर्दै ट्रम्पले भेनका थिए– ‘मेरो विचारमा सीसँगको भेटघाटपछि किम जोङ उनको व्यवहारमा परिवर्तन आएको थियो। किमको दोस्रो चीन भ्रमणपछि एक प्रकारको परिवर्तन देखियो। राष्ट्रपति सी पोकरका विश्वस्तरीय खेलाडी हुन्।’

प्रतिक्रिया दिनुहोस्