अथवा डल्लो



‘डल्ला’ अथवा ‘डल्लो’ यस शब्दलाई जसले जसरी बुझ्छन् त्यसरी परिभाषित गरे हुन्छ। कसैका लागि माटोको डल्लो, कसैका लागि सक्खरको डल्लो, कसैका लागि सुनको, कसैका लागि भकुण्डो (फुटबल) अनि कसैका लागि क्रिकेट बल। अहिले शहरबजारमा क्रिकेट बलको
चर्चा छ।

हाम्रा पीएम ओलीले क्रिकेट बललाई ‘डल्ला’का रूपमा बुझ्या रैछन्। केही दिन अघि उनले क्रिकेटर सन्दीपले डल्ला हान्ने मौका पाएपछि चर्चाको चुलीमा रहेको बताए। ‘मौका पाउँदा नेपालीले डल्ला हानेर पनि चर्चा बटुल्छ, तर नेपालीले मौका पाउँदैनन् र पो’ –उनले एक कार्यक्रममा यस्तै भने। आफूले डल्ला हान्ने मौका मिलेन भनेर त्यसो भनि हाल्न चाहिँ मिल्दैन है कम्रेड।

आफ्नै समकक्षी प्रचण्ड डल्लाका कारणले अहिलेको पोजिसनमा पुग्या ओलीलाई थाहा भएन कि क्या हो ? प्रचण्ड नेतृत्वको टोलीले विद्रोहीमाथि ग्रिनेड, सकेट बम, कुकर बम, लगायत अनेक थरी डल्ला प्रहार गरेर चर्चा बटुल्या थियो। अहिले विप्लव मौका मिलाएर त्यस्तै डल्ला प्रहार गर्छन्। यता ओली कम्रेड पनि के कम, उखान तुक्काका डल्ला राम्रैसँग प्रहार गरिरहन्छन्।

मुलुकको डाडु पन्यू आफ्नै हातमा रहेका बेला आर्थिक विकास र जनताका आकांक्षा पुरा गर्ने डल्ला पकाए त हुने हो। पकाउने भाँडो चाहिँ कस्तो छ कुन्नि, भाँडोमा आवश्वासनका डल्ला मात्रै पाक्ने पो हो कि ?

प्रतिक्रिया दिनुहोस्