नेपाल टिम च्याम्पियन



काठमाडौं, (नेस)
नेपालले ११औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ। नेपाल ३९ स्वर्णसहित टिम च्याम्पियन बनेको हो। नेपाल सोतोकान कराते संघ (एनएसकेए) द्वारा आयोजित प्रतियोगितामा जेकेए भारत दोस्रो भयो भने ३ स्वर्णसाथ सोतोकान कराते डो संघ भारत तेस्रो भयो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा नेपालका प्रदीप राई र महिलामा नेपालकै सुजना तामाङ उत्कृष्ट खेलाडी घोषित भए।

प्रतिक्रिया दिनुहोस्